२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा निर्वाचन सुरक्षा कडा: सीमा नाका सिल, मतदानस्थल निरीक्षण



अ+ अ-

काठमाडाैँ ।  सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका र दोधारा चाँदनी तथा भीमदत्त क्षेत्रका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।

मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदी लगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले सीमा क्षेत्रमा सुरक्षा तयारी र मतदानस्थलको अवस्था जाँच गरेको हो।

सोमबार मध्यरातदेखि बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। केवल अत्यावश्यक सेवासँग सम्बन्धित आवागमनलाई अनुमति दिइएको छ भने अन्य आवागमनमा रोक लगाइएको छ।