२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशासनका पिताहरू अब संसदमा देखिने छैनन: रवि लामिछाने



अ+ अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले फागुन २१को निर्वाचनले कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्ने बताउनु भएको छ ।

मौन अबधि सुरु हुनु भन्दा केही अगाडी समाजिक संञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दे लामिछानेले यस्तो बताउनु भएको हो ।

उहाँले कुशासनका पिताहरू अब संसदमा देखिने छैनन भन्ने अनुमान समेत गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने छैनन् । केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन् । कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ।

मैले चुनाव जितेँ भने संसद टेक्न पाउँदिन भनेर कुप्रचार गरिएको रहेछ, तर यीनीहरूलाई थाहा छैन कि संसद् नियमावली नमिचि रवि लामिछानलाई हिजो पनि रोक्न मिल्दैनथ्यो, भोलि पनि मिल्ने छैन ।अबको संसदमा न त्यस्तो सभामुख हुनेछन्, न त्यस्तो अत्याचार हुनेछ । चितवन(२ मा मैले तपाईँहरूको पूर्ण प्रतिनिधित्व गर्नेछु । मतदाताले गौरव गर्नेगरि काम गर्नेछु ।

देशैभरिका घन्टीवाहक उम्मेदवारहरूले मतदाताले गौरव गर्ने गरी, देशले गौरव गर्ने गरी काम गर्नेछन् ।