१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

रारामा पर्यटन वर्षको भव्य शुभारम्भ

रारामा पर्यटन वर्षको भव्य शुभारम्भ
अ अ+ अ-

मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीयस्थल रारामा पनि पर्यटन वर्षको शुभारम्भ गरिएको छ । हिउँको चिसो प्रवाह नगरी रारा तालको छेउबाट नेपाल भ्रमण वर्ष २०२० रारामा पनि सुरु भएको सन्देश प्रवाह गरिएको छ । रारा तालको मिलिचौरमा एक समारोहका बीच छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले रिबन काटी उद्घाटन गरेर पर्यटन वर्ष २०२० रारामा पनि शुभारम्भ भएको सन्देश प्रवाह गरेका हुन् ।

पर्यटन वर्षको शुभारम्भसँगै रारामा पनि २० हजारसम्म विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ काम गरिने छायानाथ रारा नगरपालिकाले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै छायानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपाली आआफ्नो क्षेत्रबाट सुरुआत गरी नेपाल सरकारको लक्ष्यलाई साकार पार्नुपर्ने बताए । मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक तथा प्राकृतिक, पर्यटकीयस्थल, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू छन् । त्यस्ता सम्पदालाई प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

रारामा पर्यटन वर्षको अवधिमा सबै क्षेत्रबाट सहयोग भए २० हजारसम्म पर्यटक रारामा आउने नगरप्रमुख शाहीले बताए । जिल्ला समन्वय समितका प्रमुख पूर्णबहादुर रोकायाले रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । नेपाल सरकारको एक सय गन्तब्यमा रारा पनि परेको छ । रारामा उल्लेख्य रूपमा पर्यटक भित्र्याउन तिनै तहका सरकार लागि पर्नुपर्र्ने बताए । नेपाल सरको लक्ष्य २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्र मजबुत बनाउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० को सुरुआती गरेको प्रमुख रोकायाको भनाइ छ ।

त्यसैले रारा पनि मुगु जिल्लाको अर्थतन्त्र शुद्धीकरणमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीयस्थल भएकाले रारामा आउने पर्यटक जो कोहीलाई, सम्मान सत्कार गर्नुपर्ने बताए । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार रारा प्राकृतिकले दिएको एक अनुपम वरदान हो । रारामा ताल मात्रै छैन । विश्वमै नभएका तीन प्रकारका असला जाताका माछा, विभिन्न जंगली जनावर, पशुपन्छी लगायतका छन् । रारा आउने पर्यटकले रमाइलोसँगै विभिन्न प्राकृतिक, धार्मिक क्षेत्रको अवलोकन गर्न पाइने भएकाले रारा पुग्नैपर्ने स्थान रहेको बताए ।

पर्यटकलाई सम्मान:पर्यटन वर्ष २०२० को शुभारम्भमा रारामा आएका आन्तरिक पर्यटक मध्ये दुई जना आन्तरिक पर्यटकलाई सम्मान गरिएको छ । एक हप्ताको लागि रारा पुगेका आन्तरिक पर्यटक धादिङकी सिर्जना थपलिया र हुम्लाका मोहन विक्रम शाहीलाई पर्यटन वर्षको शुभारम्भ कार्यक्रममा खादा ओढाई सम्मान गरिएको छ ।

सम्मान ग्रहणपछि बोल्दै थपलियाले भने । फोटोमा, टिभीमा देखेको राराभन्दा साच्चै आँखाले देखेको रारामा फरक रहेको र फरक अनुभूति भएको बताइन् । रारा पुगिसकेपछि रारा साच्चै धर्तीको स्वर्ग भएको र रारा पुग्ने पर्ने पर्यटकीयस्थल हो भन्ने सन्देश दिन देश विदेशका साथीलाई अपिल गर्ने आन्तरिक पर्यटक थपलियाको भनाइ छ ।

रारा जाउँ अभियान:छायानाथ रारा नगरपालिकाले रारा जाउँ अभियान सञ्चालन गर्ने छ । रारा जाउँ अभियानअन्तर्गत नेपाल भ्रमण वर्षको अवधिमा देशका ठूला सहरमा राराको बारेमा वित्तचित्र प्रदर्शन गरी राराको बारेमा जानकारी दिने । रारा पुग्ने माध्यम र लाग्ने खर्चललायत रारामा पुगिसकेपछि पर्यटकले लिने आनन्दका बारेमा बिराटनगर, काठमाडौं, पोखरा लगायतका सहरमा विभिन्न निकायको सहभागितामा राराको बारे वित्तचित्र प्रदर्शन गरी रारा जाउँ अभियान थाल्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख शाहीले बताए ।

यसैबीच नमस्ते राराअन्तर्गत रारा आइसकेपछी पर्यटकलाई अतिथि सेवाका बारेका कला संस्कृति, भाषाका बारेमा पनि मुगाली युवा, स्थानीयलाई तालिम दिई पर्यटकलाई गर्ने समान्न सत्कारका बारेमा जानकारी दिने शाहीको भनाइ छन । गरप्रमुख शाहीका अनुसार पर्यटन वर्षलाई सफल पार्न र रारामा उल्लेखनीय रूपमा पर्यटक भित्र्याउन छायानाथ रारा नगरपालिकाले यस आवमा डेढ करोड बजेट विनियोजित गरेको छ । सौर्य दैनिकबाट