१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

बिग्रदो मौसम: वर्षासँगै ठाउँठाउँमा हिमपात

बिग्रदो मौसम: वर्षासँगै ठाउँठाउँमा हिमपात
अ अ+ अ-

काठमाडौँ । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।”

काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।
नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ । अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताए ।

यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पुर्याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताए। वर्षाको क्रममा काठमाडौँमा बिहीबार राति ३ देखि ५ डिग्री सेल्सियसको न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ ।

सो क्रममा ३० प्रतिशत पानी यस भेगमा पर्नेछ । त्यस्तै दिपायलमा २ देखि ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहँदै ६० प्रतिशत पानी पर्ने अनुमान गरिएको छ । वीरेन्द्रनगर, पोखरा र धनकुटामा ३० देखि ४० प्रतिशत पानी पर्ने सम्भावना छ । यस भेगमा न्यूनतम ३ देखि ८ डिग्री सेल्सियस आसपास तापक्रम रहने अनुमान छ ।

पश्चिमी वायुको उच्च प्रभाव: भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भित्र्याउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ । यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“छोटो छोटो वर्षा हुन्छ तर लगातार भइरहन्छ,” मौसमविद् नगरकोटीले थप्दै भने, “आगामी तीन दिन मौसम खराब रहनेछ । त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना छ ।” हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको उनले जानकारी दिए । त्यसैका कारण आकाशमा बादल लाग्ने र बदली भइरहने क्रम जारी रहनेछ ।

बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ । वायुको बहावलाई सामान्यतया गणना गर्दा नट मापनमा नापिन्छ । सोअनुसार काठमाडौँ उपत्यकामा हिउँदको समयमा ७ नटसम्म बहाव हुनेछ ।

यस क्षेत्रमा दस नटभन्दा माथि बहाव भएमा खतरा मानिन्छ । वायुको उच्च बहाव रहेमा पनि जाडो बढ्ने गर्छ । हिमाली भेगमा सामान्यतया २० देखि २५ नटसम्मको वायुको बहाव सामान्य मानिन्छ । हिमआँधी आउँदा भने त्यो बढेर ५० नटसम्म हुने सम्भावना रहन्छ ।

उच्च हिमाली क्षेत्रमा तापक्रम घट्दो: उच्च हिमाली भेगका लागि मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानअनुसार गएको २४ घण्टामा माइनस ५३ डिग्रीसम्म न्यूनतम तापक्रम पुगेको छ । महाशाखाले सार्वजनिक गरेको विश्लेषणअनुसार नौ हजार मिटर आसपासको पश्चिमी उच्च भूभागमा अत्यधिक चिसो रेकर्ड भएको हो । त्यस भेगमा वायुको बहाव ४५ नट रेकर्ड भएको छ ।
मध्य क्षेत्रको उच्च भूभागमा माइनस ५२ डिग्री तापक्रम रेकर्ड भएको छ । त्यस भेगमा उच्च रूपमा ५० नट वायुको बहाव रहेको छ ।

पूर्वी उच्च हिमाली भेगमा भने माइनस ५० डिग्री तापक्रम रेकर्ड भएको छ । यस क्षेत्रमा पनि ५० नट वायुको गति मापन गरिएको छ । तीन हजार मिटर उचाइ आसपासमा भने तीनवटै क्षेत्रमा माइनस ८ डिग्री तापक्रम विगत २४ घण्टामा रेकर्ड भएको छ । त्यस्तै ५५ सय मिटर आसपासका भूभागमा क्रमशः माइनस २३, २२ र १९ डिग्री तापक्रम रेकर्ड भएको छ । सात हजार मिटर क्षेत्रका पश्चिम, मध्य र पूर्वी उच्च भूभागमा क्रमशः माइनस ३७, ३५ र ३३ डिग्री चिसो तापक्रम रेकर्ड भएको छ । गोरखापत्र दैनिकबाट