१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जातिको एकताका लागि जापानमा एएनओ गठन



अ+ अ-

टोक्यो जापान । विश्वभर शान्तिको कामना गर्दै बुद्धको जन्मस्थल नेपालका नेपालीहरुले भगवान गौतमबुद्धका बहुसंख्यक अनुयायी रहेको जापानमा एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) को जापान राष्ट्रिय कमिटी गठन गरेको घोषणा गरेका छन् ।

सामाजिक अभियन्ता एवं साहित्यकार रविन शर्माको अध्यक्षतामा गठित एएनओ जापान कमिटीले नेपालीमूलका, नेपाली जातिका नेपालीहरुको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसंग सामाजिक, आर्थिक र सांस्कृतिकरुपमले जोड्ने उद्देश्य राखेको छ ।

एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले जापान सम्मेलनको उद्घाटन गर्दै मातृपितृ भूमिबाट टाढा रहे पनि वा संसारको जुनसुकै कुनामा जन्मेको भए पनि आफ्‌नो मातृभूमि पितृभूमिसंग नै आफ्‌नो पहिचान जोडिएर आउने बताउंदै मानिस आफ्‌नो पहिचानसहित नै जन्मिने र जीवन यापन गर्ने भएकाले आफ्‌नो मातृपितृ भूमिसंगको प्रेम गहिरो बनाउन एएनओको आवश्यकता रहेको दावी गरे ।

बरिष्ठ कलाकार रामकृष्ण बम मल्लको सभापतित्वमा सम्पन्न सो सम्मेलनले पारित गरेको प्रस्तावमा भनिएको छ, “हामी नेपाली जातिका मानिसहरु हौं । नेपाली जाति भएकाले हाम्रो मातृ पितृभूमि स्वाभाविकरुपमा नेपाल नै हो । हाम्रा आफ्‌ना संस्कृति छन्, हाम्रा परम्पराहरु छन्, हाम्रो भाषा र कला र यी सबैसंग शदियौंदेखि जोडिएको हाम्रो पहिचान छ । दुनियांभरमै पहिचान यस्तो एउटा विषय हो जसले आफू हुनुको वा आफ्‌नो अतित्वको वोध गराउंछ । कुनै न कुनै पहिचान नबोक्नु आफ्‌नो अतित्वमाथिको प्रश्न हो ।”

अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा संसारभरका नेपाली जातिलाई जोड्ने गरी शुरु भएको यो अभियानको जापान सम्मेलनले इतिहासका विभिन्न मोडहरुमा हाम्रा पुर्खाहरुले आफ्‌नो जन्मभूमि छाडेर विदेशी भूमिमा ओतलाग्न पुग्नु परेको अवस्थालाई मनन गर्दै जतिसुकै पुस्ता वाहिर बस्नु परेपनि जहां बस्यौं त्यहीं नेपाली भाषा, कला, संस्कृति, रितिरीवाज र यी सबैसंग जोडिएको नेपाली पहिचानको निरन्तरता तथा यसको विस्तार एवं पुस्तान्तरणको अभियानमा क्रियाशिल रहने घोषणा पनि गरेको छ ।

कमिटीको उपाध्यक्षमा परदेशी गायकको नामले परिचित सूर्य खड्का महासचिवमा जापानी फिल्मसमेत अभिनय गरिसकेका कलाकार उदय लामा, सचिवमा व्यवसायी तथा सामाजिक अभियन्ता कामना भण्डारी, कोषाध्यक्षमा इन्जिनियरिंग क्षेत्रमा कार्यरत मधु क्षेत्री र प्रबक्तामा सामाजिक अभियन्ता केपी ओली चयन भएका छन् । त्यसैगरी कमिटीका सदस्यहरुमा महेन्द्र न्यौपाने, प्रथम गुरुंग, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कंडेल चयन भएका छन् ।

नेपाली मूलका मानिसहरुको विशेषज्ञता र क्षमता मातृभूमि पितृभूमिका हिसावले पनि उपयोग गर्न नेपालले सकोस् भन्ने कामना पनि अधिबेशनले गरेको छ । आफ्‌ना मूलका मानिसहरुलाई नेपालले आफूसंग जोड्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, साहित्यकार प्रकाश पौडेल, जनजाति महासंघका अध्यक्ष श्री गुरुंगले शुभकामना मन्तब्य राख्दै नेपाली जातिलाई संस्कृतिको माध्यमबाट जोड्ने उद्देश्यमा सफलताको कामना गरेका थिए । कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन २ का बिजेता प्रथम गुरुंग, गायक सिमन र मेरो डान्स युनिभर्सकी जापान सहभागी ट्रश्मी गर्वुजा मगरले सांगितिक प्रस्तुति दिएका थिए ।