१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते



अ+ अ-

काठमाडौँ। दक्षिणी लेबनानको टायर शहर नजिकै रहेको बुर्ज अल–शेमालीमा बिहीवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।

लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) काअनुसार इजरायली ड्रोन र लडाकु विमानहरूले बुर्ज अल–शेमालीको अल–मलाअब टोललाई लक्षित गरी श्रृंखलावद्ध आक्रमण गरेका थिए ।

आक्रमणपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरू त्रसित भई सुरक्षित स्थानतर्फ भागेका छन् । लेबनानी सेना र आपत्कालीन उद्धार टोलीहरूले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै भग्नावशेषमा कोही फसेका छन् कि भनी खोजी कार्य गरिरहेका छन् ।

एनएनएकाअनुसार इजरायली सेनाले टायर जिल्लाभरि रातभर र बिहीबार बिहानैदेखि आक्रमण तिब्र पारेको छ । हवाई आक्रमणका अतिरिक्त इजरायली तोपखानाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने मन्सौरी, मज्दल जोन र नजिकैका उपत्यकाहरूलाई निशाना बनाएको छ । यस्तै, तटीय क्षेत्रको हमरा इलाकामा इजरायली पक्षबाट मेसिनगनमार्फत गोली प्रहार गरिएको समेत समाचारमा उल्लेख छ ।

इजरायल र लेबनानका अधिकारीहरूबीच सीमा सुरक्षा र द्वन्द्व न्युनिकरणका विषयमा रोममा वार्ता भइरहेकै समयमा यो आक्रमण भएको हो । वासिङ्टनमा जुन महिनामा भएको सहमति कार्यान्वयनको ढाँचा तयार पार्न आयोजित यो सातौं चरणको वार्ता हो । यद्यपि, लेबनानको सशस्त्र समूह हिजबुल्लाहले भने यस वार्ताको विरोध गर्दै आएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल