४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक

ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक
अ+ अ-

वासिङ्टन। वासिङ्टनस्थित एक अमेरिकी संघीय पुनरावेदन अदालतले ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलरको भव्य बालरुम (नाचघर) निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम गैरकानूनी भएको फैसला सुनाएको छ ।

शुक्रवार भएको उक्त फैसलामा अदालतले सो परियोजनामाथि रोक लगाएको हो । अमेरिकी जिल्ला अदालत (डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट) को पुनरावेदन इजलासले २–१ को बहुमतका आधारमा यस्तो फैसला सुनाएको हो ।

फैसलामा राष्ट्रपति ह्वाइट हाउसको अस्थायी भाडावाल मात्र भएको र त्यसको मालिक नभएको उल्लेख गरिएको छ । अदालतले भनेको छ, ‘ह्वाइट हाउस र यसको कार्यकारी निवासमा राष्ट्रपतिको कुनै संवैधानिक अधिकार छैन । यो सम्पती वर्तमान र भविष्यका सबै राष्ट्रपतिहरू र अमेरिकी जनताको प्रयोगका लागि निर्माण र संरक्षण गरिएको हो ।’

‘नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’ को पक्षमा फैसला सुनाउँदै अदालतले अमेरिकी इतिहासमा यसअघि कुनैपनि राष्ट्रपतिले कंग्रेसको अनुमतिबिना र करदाताको पैसाले बनेको संरचना निजी कोष प्रयोग गरी एकलौटी रूपमा नभत्काएको टिप्पणी गरेको छ । फैसलाका अनुसार सन् २०२५ को अक्टोबरमा मात्र तीन दिनको अवधिमा, ट्रम्पले कुनै परामर्श वा कंग्रेसको अनुमतिबिना ९० हजार वर्ग फिटको बालरुम बनाउन ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएका थिए ।

अदालतले आफ्नो फैसला कार्यान्वयनमा १४ दिनको रोक (स्टे) लगाएको छ, जसले ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय उपलब्ध गराएको छ ।

ट्रम्पको यो प्रश्तावित बालरुम विस्तार योजनालाई ह्वाइट हाउस र कंग्रेसका केही सहयोगीहरूले समर्थन गरे पनि कंग्रेसकै कतिपय रिपब्लिकन सदस्यहरूले भने यसप्रति असन्तुष्टि र चिन्ता व्यक्त गर्दै आएका छन् ।

गत जुन महिनाको सुरुमा सात जना रिपब्लिकन सिनेटरहरूले डेमोक्र्याटहरूसँग मिलेर कंग्रेसको अनुमतिबिना बालरुम निर्माण वा कोष परिचालन गर्न नपाइने संशोधनको पक्षमा मतदान गरेका थिए । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल