१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै



अ+ अ-

काठमाडौ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन लागेको हो ।

यस निर्वाचनमा मतदाता हुन, प्रदेशसभाका सांसद र स्थानीय तह गाउँपालिका रनगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद मतदाता छन् । तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।राष्ट्रियसभामा एक जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था रहेको छ । सौर्य दैनिकबाट