१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

मणिपाल अस्पतालको अझै १४ करोड कर तिर्न बाँकी, अख्तियारको ताकेता

मणिपाल अस्पतालको अझै १४ करोड कर तिर्न बाँकी, अख्तियारको ताकेता
अ अ+ अ-

मणिपाल शिक्षण अस्पतालले सरकारसँग भाडामा लिएकोे जग्गामा बनेका कुनै पनि संरचनाको सम्पत्ति कर पोखरा महानगरपालिकालाई बुझाएको छैन । निर्माण गरिएका कुनै पनि भवनको सम्पन्नता प्रमाणपत्र पनि अस्पतालले लिएको छैन । नेपाल सरकार र मणिपाल ग्रुप इन्डियाबीच ३ साउन ०५२ मा सम्झौता भएर ४९ वर्षका लागि मणिपालले जमिन भाडामा लिएको हो । फूलबारीमा निर्माण गरिएका संरचनाको सम्पत्ति कर बुझाउन र भवनहरूको सम्पन्नता प्रमाणपत्र लिन महानगरले गरेको आग्रहलाई अस्पताल प्रशासनले आलटाल गरिरहेको मेयर मानबहादुर जिसीले बताए ।

भाडामा लिएको एक सय ९३ रोपनी क्षेत्रफलमा निर्माण गरिएका कुनै पनि भौतिक संरचनाको सम्पत्ति कर मणिपालले महानगरलाई नबुझाएको महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख छवि शर्माले जानकारी दिए । राजस्व प्रमुख शर्माका अनुसार मणिपालले महानगरलाई सम्पत्ति कर र भौतिक संरचनाको सम्पन्नतासहित महानगरलाई १३ करोड ८१ लाख तीन हजार नौ सय ९६ रुपैयाँ तिर्नुपर्ने देखिएको छ । यसका लागि महानगरले पटकपटक ताकेता गरिरहेको छ ।

अस्पतालले दुई वर्षको सम्पत्ति कर मात्रै सात करोड ८१ लाख तीन हजार नौ सय ९९ रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । अस्पतालले आफ्नो ३२ रोपनी जमिनमा बनेको भौतिक संरचनाको सम्पत्ति कर तिरे पनि सरकारसँग भाडामा लिएको जमिनमा बनेका भौतिक संरचनाको सम्पत्ति कर बुझाउन आनाकानी गर्दै आएको छ । ‘महानगरले पटकपटक ताकेता गर्दा पनि अस्पतालले बेवास्ता गर्दै आएको छ,’ मेयर जिसीले भने । समयावधि पुगेपछि सरकारलाई नै हस्तान्तरण गर्ने भौतिक संरचनाको सम्पत्ति कर नबुझाउने अडान अस्तालले लिँदै आएको छ ।

अख्तियारको ताकेता: अस्पतालसँग कर असुल गर्न अख्तियारलगायत निकायले महानगरलाई ताकेता गर्दै आएका छन् । मणिपाल शिक्षण अस्पतालको आरसिसि विल्डिङ सात लाख ३९ हजार ४१६ वर्ग फिटमा बनेका छन् । त्यस्तै, २८ सय ६ वर्ग फिटमा टिनको छाना भएका संरचना छन् । यी कुनै पनि संरचना निर्माण सम्पन्न भएको महानगरमा प्रमाणित गरेको छैन । महानगरसँग सम्पन्नताको प्रमाणपत्र नलिएका भौतिक संरचना अवैध ठहर्छन् ।

निर्माण गरिएका तीनवटा भवनको प्रारम्भिक नक्सा स्विकृतिसमेत अस्पताले नलिएको महानगरका सब–इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘कुनै भवनको सम्पन्नताको प्रमाणपत्र उसले लिएको छैन, तीनवटा नयाँ संरचनाको उसले प्रारम्भिक स्विकृतिसमेत लिएको देखिँदैन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट