१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

सरकार भ्रष्टाचारमा डुब्यो: डा. भट्टराई

सरकार भ्रष्टाचारमा डुब्यो: डा. भट्टराई
अ अ+ अ-

काठमाडौं । समाजवादीपार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको आरोप लगाएका छन् ।शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेसाकर्मी महासंघ र आठवटा घटक संगठनहरूको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले नेकपा सत्ताको दुरुपयोग गर्दै जसरी पनि चुनाव जित्ने दाउमा भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको आरोप लगाए ।

‘पैसा खर्च गरेर जसरी पनि चुनाव जित्ने अनि फेरि पनि सत्ताको दुरुपयोग गर्ने ध्येयका साथ भ्रष्टचारीहरूको मिलेमतोमा लागि रहनु भएको छ’ भट्टराईले भने, ‘यसकालागि बौद्धिक वर्ग सचेत भएर जनस्तरमा यसको भण्डाफोर गर्न जरुरी छ ।’ भट्टराईले समाजवादी पार्टीको बौद्धिक संगठनहरूले आत्मसिमक्षा गरेर गुणात्मक रुपमा विश्वमा अरुभन्दा फरक रूपमा आफूलाई स्थापित गरेर देखाउन सुझाव दिए ।

समाजवादी पार्टीमा रहेका सबैखाले नेताको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गरेर परिवर्तन गर्नका लागि अभियानमा लागेको बताउँदै भट्टराईले यो अभियानलाई विशेष रूपमा अगाडि बढाउन बौद्धिक पेसाकर्मीहरूलाई अपील समेत गरे । त्यस्तै केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले वर्तमान नेपालको संघीय प्रणाली नै अपांग भएको टिप्पणी गरे । गणतन्त्र, समावेशीता, लोकतन्त्र, नागरिक स्वतन्त्रताविनाको संघीयता अपांग हुने बताउँदै यादवले अहिलेको संघीय प्रणाली त्यस्तै रहेको टिप्पणी गरे ।

‘संघ र प्रदेशको बीचमा अधिकार बाँडफाँड, अधिकार र स्रोत साधन न्यून दिएर संघीयता बलियो हुँदैन । संघीय प्रणालीमा तलबाट कति अधिकार दिन्छ, त्यो केन्द्रले लिने हो’ अध्यक्ष यादवले भने, ‘स्थानीय तह, प्रदेश मातहत रहनैपर्छ तर हाम्रो देशमा उल्टो भएको छ ।’ उनले उत्पीडित जनताको आन्दोलनले नै समावेशी लोकतन्त्रको अभ्यास सुरु भएको बताउँदै अध्यक्ष यादवले विविधताको आधारमा समावेशीता अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘जातीय, भाषिक, सांस्कृतिक जुन विविधता छन्, यिनलाई सम्बोधन गर्न समावेशीता अगाडि बढ्नुपर्छ । अहिले त्यो भइरहेको छैन, समावेशीतालाई कमजोर पार्ने क्रम सुरु भएको छ’ यादवले भने, ‘संघीयता र समावेशीता बलियो भए मात्र समृद्धि सम्भव छ ।’ अध्यक्ष यादवले संविधान संसोधन गरी मुलुकलाई अग्रगामी दिशामा लैजानुको विकल्प नभएको जिकिर गरे । ‘संविधान जारी भएको वेला आधा भूभागमा दीपावली र आधा भूभागमा ब्याक आउट गरिएको थियो । यसलै सबैको अपनत्व ग्रहण गर्न सकेको छैन’ यादवले भने, ‘सबैले सबैलाई समेट्नु पर्छ । सबैको अपनत्व ग्रहण गर्र्ने गरी संविधान संसोधन गर्नुको विकल्प छैन ।’

कार्यक्रममा समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ र हिसिला यमीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल बौद्धिक पेसाकर्मी महासंघ र घटक संगठनहरू संघीय कानुन व्यवसायी एसोसिएसन, प्रेस नेपाल, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्सक फेडेरेसन, राष्ट्रिय शिक्षक युनियन, नेजामति ट्रेड युनियन नेपाल र समृद्धि सञ्जाल नेपालको समायोजन घोषणा गरिएको थियो । सौर्य दैनिकबाट