५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेटिङका आधारमा प्रक्षेपण गरिएका छन् ती वास्तविक र तथ्यपरक होइनन् : एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् ।

आज बुटवलमा प्रेस चौतारी निकट पत्रकारसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा योजनावद्ध रुपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरेका छन् ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन् जनताको त्यो परिवर्तन गर्न निकै कठिन छ’ पौडेलले भने–‘त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरु छैनन् ।’

प्रतिस्पर्धी दल तथा उम्मेदार कसैको आलोचना नगरी उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने जनाए । पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे । उपाध्यक्ष पौडेलले भने–‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ ।’

रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको जनाए ।पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने जनाए ।

‘पौडेलले रुपन्देही क्षेत्र नं। २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे। ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं। ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुन उदय हुँदै छ,’ उनले भने।

‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने। पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए।

उनले रुपन्देहीमा संचालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए।