३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धितोपत्र बजार : नेप्से १२०० नाघ्यो

धितोपत्र बजार : नेप्से १२०० नाघ्यो
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिदबिक्री भयो ।

कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अङ्कले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बीमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बीमा १२.१३ र सामूहिक लगानी कोषको शेयर ०.१५ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड ४६ लाख पाँच हजार २१५ मा खरिदबिक्री भयो । यस्तै नेको इन्स्योरेन्सको रु तीन करोड ७० लाख ९९ हजार ५९८, शिवम् सिमेन्टको रु तीन करोड ६६ लाख ६२ हजार १६८, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ६४ लाख १२ हजार ६७२, प्रभु बैंकको रु दुई करोड ५८ लाख ६ हजार ३३१, नेपाल लाइफ इन्स्योरेन्सको रु दुई करोड ४७ लाख ६४ हजार ५१८, एनएमबी बैंकको रु दुई करोड २७ लाख एक हजार ८१, एनसीसी बैङ्कको रु एक करोड ८९ लाख ५८ हजार ४५१, नेपाल बैंकको रु एक करोड ७९ लाख ७५ हजार ७९९ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ६९ लाख ९३ हजार ८५० मा खरिदबिक्री भयो ।

आज बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६।२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८१ प्रतिशतले कमाए ।

परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । यस्तै नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

यस्तै नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।