१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः सुपर–८ मा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणको पाँचौं खेलमा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।

क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको खेल नेपालीसमयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ ।

टी–२० विश्वकपमा यी दुई टोलीबीच ३ खेल भइसकेका छन् । ती सबै खेलमा इंग्ल्यान्ड विजयी भएको छ । सन् २०२२ को टी–२० विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

पाकिस्तानविरुद्ध इंग्ल्याण्ड अगाडि छ

इङ्ल्यान्ड र पाकिस्तानबीच हालसम्म ३१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । जसमा इंग्ल्याण्डले २० खेल जितेको छ भने पाकिस्तानले ९ खेल मात्र जितेको छ । १ खेल बराबरी र १ को नतिजा आएको छैन ।

दुई टोलीबीचको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल सन् २०२४ मा भएको थियो। जतिबेला इङ्ल्यान्डले १५.३ ओभरमा १५८ रनको लक्ष्य पूरा गर्दै पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।

ज्याकब बेथेल इंग्ल्याण्डका शीर्ष ब्याट्सम्यान

जारी प्रतियोगितामा इंग्ल्याण्डका लागि ज्याकब बेथेलले सर्वाधिक रन बनाएका छन् । उनले ५ खेलमा १३२.७२ को स्ट्राइक रेटमा १४६ रन बनाएका छन् । बलिङमा आदिल राशिद टिमका लागि सर्वाधिक विकेट लिनेएका छन्। उनले ५ खेलमा ८.०३ को इकोनोमीमा ८ विकेट लिएका छन् ।

पाकिस्तानका लागि उस्मान तारिक सर्वाधिक विकेट टेकर

जारी प्रतियोगितामा पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक रन बनाएका छन् । उनले ५ खेलमा १६४.१७ को स्ट्राइक रेटमा २२० रन बनाएका छन् । उनको उत्कृष्ट स्कोर १०० रहेको छ। पाकिस्तानका लागि स्पिनर उस्मान तारिक सर्वाधिक विकेट लिएका छन् । उनले ४ खेलमा ५ दशमलव ८२ को इकोनोमीमा ८ विकेट लिएका छन् ।

पिच रिपोर्ट 

पल्लेकेलेमा हालसम्म ३४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गर्ने टोलीले १८ खेल जितेका छन् भने पछ्याउने टोलीले १५ खेल जितेका छन् । यहाँ पहिलो इनिङ्सको औसत स्कोर १५७ को आसपास हु्ने गरेको छ।

यस विश्वकपमा अहिलेसम्म यहाँ ४ खेल खेलिएका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २ खेल जितेको थियो भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले त्यति नै खेल जितेको थियो ।

दुबै टोलीको सम्भावित प्लेइङ–११

इंग्ल्याण्डः फिल साल्ट, जोस बटलर (विकेटकीपर), ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक(कप्तान), साम कुरान, विल ज्याक, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर, आदिल रशिद।

पाकिस्तानः साहिबजादा फरहान, सैम अयुब, सलमान अली आगा (कप्तान), बाबर आजम, फखर जमान, उस्मान खान (विकेटकीपर), शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा, उस्मान तारिक।