३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, जसकोे दिनभर पर्छ त्यसको असर

बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, जसकोे दिनभर पर्छ त्यसको असर
अ+ अ-

काठमाडौं । भनिन्छ बिहानले दिनको संकेत गर्द। हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ। हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ। यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

त्यसैले आज हामी तपाईलाई बिहान भूलेर पनि गर्न नहुने कामका बारेमा जानकारी गराउँदैछौँ । यदी तपाईले बिहान यस्ता काम गर्नुभयो भने तपाई दिनभर अस्वस्थ्य र दिमाग भारी भएको महसुश हुन सक्छ। त्यस्तै दिन भर आफुलाई स्वास्थ्य र फ्रेस राख्न यस्ता गल्तिबाट बच्न जरुरी हुन्छ।

१. ढिलोसम्म सुत्नेः धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग लाग्ने खतरा बढ्छ।

२. अचानक ओछ्याउनबाट एक्कासी उठ्नेः यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।

३. उठेर पानी नपिउनेः बिहान उठ्ने बित्तिकै धेरै मानिसले पानी पिउँदैनन् । पानी नपिउनाले कब्जियत हुने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यसैले बिहान उठेर २ देखि ४ गिलास पानी पिउने गर्नुपर्छ । यसले पेट सफा गर्न मद्दत गर्छ।

४. व्यायाम नगर्नेः व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।

५. ओछ्यानमै चिया पिउनेः यसले शरीरमा एसिडको मात्रा बढाउने र दाँतलाई कमजोर बनाउने हुनाले ओछ्यानमै चिया पिउने बानी हटाउनुपर्छ । यसले कब्जियत पनि गराउन सक्छ । त्यसकारण फ्रेस भएपछि , दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्छ।

६. बिहानको खाजा नखानेः बिहान खाजा नखाने व्यक्तिलाई मोटोपना, मधुमेह , थकान जस्ता समस्या हुन सक्छन् । साथै यसले ग्यास्टिक पनि गराउने हुनाले के खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बिहान प्रोटिन र रेशायुक्त खाना खाने गर्नुपर्छ।

७. धेरै गुलियो खानेः बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ। त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ।

८. बिहानको घाममा नबस्नेः बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ। बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ।

९. उठ्न वित्तिकै मोबाइल चलाउनेः उठ्न वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस्।