७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार आयोगले दल र उम्मेदवारहरूलाई प्रदान गरेको निर्वाचन चिन्ह प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाइने भएपनि त्यसको ठोस भौतिक वस्तु नै तयार गरी बोकेर हिँड्न नपाइने निर्णय गरेको हो ।

आयोगले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने स्पष्ट पारेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने आयोगले जनाएको छ । सूचना अधिकारी घिमिरेले निर्वाचन चिन्हलाई भौतिक स्वरूपमै प्रयोग गर्दा समाजको शान्ति सुव्यवस्था तथा सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने गुनासो आयोगमा आएको र उजुरीहरूको अध्ययनपछि आयोगले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले राजनितिक दल तथा उम्मेद्वारहरुलाई प्रचारप्रसारका क्रममा निर्वाचन चिन्ह कागज, फ्लेक्स वा अन्य सामग्रीमा सांकेतिक रूपमा मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । तोकिएभन्दा फरक ढंगले भौतिक स्वरूपमै चिन्ह बोकेर प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर हुने उहाँको भनाई छ । उहाँले तोकिए बमोजिम दलको झण्डा र निर्वाचन चिन्ह मात्र प्रयोग गरी शान्तिपूर्ण र व्यवस्थित वातावरणमा प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले राजनितिक दल र उम्मेद्वारहरुको लागि निर्वाचन चिन्ह प्रदान गरेको हुन्छ । निर्वाचन चिन्हलाई लिएर कुनै पनि राजनितिक दल अथवा उम्मेद्वारहरुले आफ्नो प्रचारप्रसार कार्य सञ्चालन गर्न पाईन्छ । तर भौतिक रुपमा नै एउटा ठोस वस्तु नै निर्वाचन चिन्हको रुपमा लिएर प्रचारप्रसार गर्दाखेरी समाजको शान्ति सुव्यवस्थामा प्रतिकुल असर पर्ने र सुरक्षा व्यवस्थामा समेत असर पर्ने कुराको गुनासो गर्दै निर्वाचन आयोगमा केही उजुरीहरु पर्न आएका छन् । ती उजुरीहरुलाई अध्ययन गरेर आयोगले कुनैपनि राजनितिक दल अथवा उम्मेद्वारहरुले आफूले प्रचारप्रसार गर्दाखेरी तोकिएको निर्वाचन चिन्हको स्वरुप ठोस वस्तु नै अथवा त्यसको भौतिक स्वरुपमा नै बोकेर त्यसलाई लिएर हिँड्न पाइँदैन, यो कार्य निर्वाचन आचारसंहिता विपरित हुन्छ भन्ने आयोग निर्णय गरेर सबै राजनितिक दलहरु र उम्मेद्वारहरुलाई निर्वाचनको प्रचारप्रसार गर्दाखेरी आफ्नो निर्वाचन चिन्हको भौतिक स्वरुप नलिईकन त्यसको सांकेतिक रुपमा मात्रै कागजमा, फ्लेक्समा अथवा अन्य कुनै प्रकारले सांकेतिक रुपमा मात्रै त्यसको प्रयोग गर्न अनुरोध गरेको छ । सोही बमोजिम सबैले आफ्नो प्रचारप्रसार गर्दाखेरी समाजको शान्ति सुव्यवस्था र निर्वाचन प्रचारप्रसारको उपयुक्त वातावरण तयार गरिदिन हामी अनुरोध गदर्छौँ । राजनितिक दल तथा उम्मेद्वारहरुले तोकिए बमोजिमको दलको झण्डा र निर्वाचन चिन्हहरु लिएर मात्र प्रचारप्रसार गर्नुपर्छ । यो भन्दा विपरित भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर हुनेछ ।’ 

निर्वाचनमा प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सर्मथकहरुले चुनाव चिन्ह रहेको घण्टी बजाउँदै हिँडेपछि आयोगमा उजुरी परेको थियो । घण्टी बजाउँदा ध्वनी प्रदुषण भएको गुनासो बढेपछि आयोगले निर्वाचन चिन्हको भौतिक स्वरुप बोक्न नपाउने व्यवस्था गरेको छ ।