१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

मदिरा सेवन गर्नेलाई अव कारवाही गरिने

मदिरा सेवन गर्नेलाई अव कारवाही गरिने
अ अ+ अ-

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गरेको खबर सार्वजनिक भएपछि नगरपालिकाले कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारवाही गरिने भएको छ ।

सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारवाही गरिने निर्णय गरेको छ । जानकारी लगत्तै मङ्गलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताउनुभयो ।

भोज गरिएको घटनाको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिराका वोतल, खाना खाएका जुठा प्लेट, फोहरले विद्यालयको वातावरण प्रदूषित भएको पाइएको थियो । अनुगमनका क्रममा सञ्चारकर्मीसहितको टोली घटनास्थलमा पुग्दा मदिराका खाली बोतलको छेउमा ससाना विद्यार्थी खुला चौरमा अध्ययन गर्नका व्यस्त रहेका थिए ।

सो भोजमा विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने भाडावर्तन पनि प्रयोग गरिएका खुलासा भएको थियो । भोजका क्रममा भाइरल भएको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यताको हद पार गरेको पाइएको छ । कोही खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गर्दै आएका भेटिएका थिए ।