१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न आयोगको निर्देशन



अ+ अ-

काठमाडौं । निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक संरचना प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को प्रचारका क्रममा केही दल तथा उम्मेदवारले धातु, काठ वा अन्य सामग्री प्रयोग गरी निर्वाचन चिन्हको भौतिक स्वरूप बनाउने तथा सार्वजनिक स्थानमा राख्ने गरेको गुनासो प्राप्त भएको जनाएको छ। यस्ता सामग्रीले सार्वजनिक सुरक्षा र आवागमनमा जोखिम सिर्जना गर्न सक्ने आयोगको भनाइ छ।

निर्वाचन ऐन तथा निर्देशिकाअनुसार दल र उम्मेदवारलाई आयोगले तोकेको मापदण्डभित्र रहेर मात्र निर्वाचन चिन्ह प्रयोग गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले कपडा, कागज, टुल वा प्रिन्ट सामग्रीमार्फत प्रचार गर्न सकिने स्पष्ट पारेको छ।

आयोगले भौतिक संरचना बनाएर निर्वाचन चिन्ह प्रयोग गर्नु आचारसंहिताविपरीत हुने चेतावनी दिँदै त्यसो नगर्न सबै दल, उम्मेदवार तथा सरोकारवालालाई अनुरोध गरेको छ। साथै, निर्देशिका विपरीत कार्य भएमा आवश्यक कारबाही हुन सक्ने संकेत पनि आयोगले गरेको छ।