१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार पुगे भागेर भारतको सीतामढी

अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार पुगे भागेर भारतको सीतामढी
अ अ+ अ-

सर्लाही । प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ । पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् । अर्का मिटर ब्याजी सोनवर्षाका सञ्जय शाह रौनियार भने फरार छन् । ठगी काण्ड सार्वजनिक हुँदै गर्दा मिटर ब्याजी रौनियार भने भागेर भारतको सीतामढी पुगेका छन् । पक्राउ परेका राय र फरार रौनियार तथा उनीहरूको परिवारको नाममा तराईका विभिन्न जिल्लामा रहेका सबै सम्पत्ति रोक्का गरिएको छ ।

गृह मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत तराईका सबै मालपोत कार्यालमा उनीहरूको नाममा रहेको जग्गा रोक्का गर्न निर्देशन दिएको हो । उनीहरूको बैंक खातासमेत रोक्का गरिएको छ । फरार रौनियारसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको बताइएको छ । फरार रौनियारको भारतको सीमावर्ती क्षेत्र सोनवर्षा बजारमाा ‘साडी संसार’ कपडाको पसल छ भने भारतकै सीतामडीमा आशीवार्द होटल एन्ड लज छ । बरहथवाबाट मलंगवा जाँदै गरेका रायलाई भने बुधबार दिउँसो हरिपुर बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

साहुकार रायलाई सर्लाहीलगायत तराईका विभिन्न जिल्लाका सर्वसाधारणलाई मिटर ब्याजमा चर्को ऋण लगानी गरेर उठीबास लगाएको उजुरीका आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विश्वमणि थापाले जानकारी दिए । साहुकार रायले ऋण लगानी गर्दा चर्को मिटर ब्याज लिने र ऋणीको नाममा रहेको जग्गा आफ्नो नाममा दृष्टिबन्धक गर्ने गरेको स्थानीयको दाबी छ । तर, उनले ऋण लगानी गर्दा आफूले गाउँघरका कुनै पनि ऋणीलाई चलनचल्तीभन्दा बढी ब्याज नलिएको दाबी गरेका छन् ।

‘मैले गाउँघरमा कुनै पनि ऋणीलाई मिटर ब्याजमा ऋण लगानी गरेको छैन, म राजनीति गर्ने भएकाले गरिब दुःखीलाई सहयोग गरेको छु, मलाई राजनीतिक प्रतिशोधले बदनाम गराउन केही मानिसले यस्तो आरोप लगाएका हुन्,’ रायले भने । पुख्र्यौली घर सर्लाहीको बिनग्राका राय हाल बरहथवा नगरपालिका–१० सीतापुरमा परिवारसहित बस्दै आएका छन् । पुख्र्यौली जमिनदार रायका बाबु जर्गनाथ रायले पनि गाउँघरमा ऋण लगानी गर्ने गरेको स्थानीय विद्यानन्द रायको भनाइ छ । रायको परिवारले २०२८ सालमा बाबुको नाममा जर्गनाथ लक्षिया मावि स्थापना गरेका थिए ।

२०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्रीय सदस्यमा निर्वाचित रायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए । तमलोपामा रहेर सक्रिय राजनीति गरिरहेका उनले स्थानीय तह निर्वाचनमा बरहथवा नगरपालिकामा राजपाका तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका थिए । राजपा नेता महन्थ ठाकुर नजिक मानिने राय अहिले राजपाका केन्दीय सदस्य छन् ।

यसैगरी, अर्का मिटर ब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय रौनियारमाथि पनि स्थानीयलाई मिटर ब्याजमा ऋण लगानी गर्ने गरेको आरोप लागेको छ । रौनियारले सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाका सर्वसाधारणलाई ऋण लगानी गर्ने गरेको बताइएको छ । रौनियारले ऋणीसँग मिटर ब्याज उठाउने गरेको उजुरी प्रहरीमा परेपछि पक्राउ पर्ने डरले उनी बेपत्ता भएका छन् ।

सेटिङमा ऋण लगानी:मिटर ब्याजी सञ्जयकुमार रौनियारले सेटिङमा ऋण लगानी गर्ने गरेको बताइएको छ । उनले सर्लाहीसहित विभिन्न जिल्लाका लेखापढी व्यवसायीलाई कमिसन दिएर ऋण लगानी गर्ने गरेको पाइएको छ । सर्लाही जिल्लाका हरेक पालिकामा रौनियारले लेखापढी व्यवसायी राखी ऋण लिने मानिसको खोजी कार्य गर्ने गर्छन् । ऋणी पाएपछि ३६ प्रतिशतमा लगानी गर्ने गर्छन् ।

मिटर ब्याजीले ऋणीहरूका लागि बनाएका नियम ? ऋणीहरूले ऋण लिन सर्वप्रथम जग्गा जमिन कति छ हेर्ने काम हुन्छ । २० लाख रुपैयाँमा ऋण लिन ८० लाखको तमसुक कागज बनाउनुपर्ने नियम बनाइएको छ । लेखापढी व्यवसायीको माध्यमबाट जग्गा निरीक्षण गरी ऋण लिने ऋणीको जग्गा मिटर ब्याजी साहुकारको नाममा पास भएपछि चेक काटेर ऋण प्रदान गरिन्छ ।

कुनै ऋणीले एक महिनाका लागि ऋण लिँदा पनि उसले जग्गा पास गर्नुपर्छ र एक महिनामा फर्काए पनि ऋणीले तीन महिनाको ब्याज तिर्नुपर्ने नियम छ । सबैभन्दा बढी ऋण लगानी महोत्तरीको बर्दिबास, जलेश्वर, गौशालामा हुने गरेको र सर्लाही, रौतहटलगायतका जिल्लामा न्यून मात्रामा हुने गरेको मिटर ब्याजी रौनियारले राखेका एक जना लेखापढी व्यवसायीले बताएका छन् ।

करोडौं रकम ऋणमा प्रवाह: मिटर ब्याजी सञ्जयकुमार रौनियारले ५ करोड रुपैयाँसम्म लगानी गर्ने गरेको स्थानीयले बताए । हरिपुर्वा नगरपालिकाका एक स्थानीयले ४५ लाख ऋण लिँदा १ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको जग्गा साहुकार रौनियारको नाममा पास गरेको बताए । ‘बैंकमा सहज रूपमा ऋण पाइँदैन, आफूहरू बाध्य भएर रौनियारसँग ऋण लिएको हुँ,’ नाम नबताउने सर्तमा उनले भने । त्यस्तै, चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने लक्ष्मी पुवैले आठ वर्षपहिले साहुकारसँग ऋण लिएका थिए ।

‘चार वर्ष बितेपछि सावाँ र ब्याज गरी जम्मा १० लाख तिर्न जाँदा साहुकारले पैसा लिएन । हुँदा हुँदा आठ वर्षमा ४ लाख सावाको ७२ लाख पुगेको रहेछ,’ पुर्वेले दुखेसो गरे, ‘आफूले १ करोडभन्दा बढी मूल्यको जग्गा साहुकारको नाममा पास गरेको थिएँ । अब सबै जग्गा जाने भयो ।’

भागेर भारत पुगेका सञ्जय रौनियार को हुन् ? ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवनगर बस्ने रौनियारको भारतको सीमावर्ती क्षेत्र सोनवर्षा बजारमा साडी संसार कपडाको पसल छ । भारतकै सीतामढीमा आशीर्वाद होटल एन्ड लज छ । रौनियारको भारतीय र नेपाली नागरिकता रहेको स्थानीयले बताएका छन् । सञ्जय रौनियारको भारत र नेपाल दुई ठाउँमै अथाह जग्गा जमिन छ ।

नेपालका सर्लाही, मोहतरी र रौतहटका प्रायः गाउँमा ऋण लिएका मानिसको सयौं बिघा जग्गाजमिन रौनियारकै नाममा छ । मिटर ब्याजी रौनियार प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति पार्टीबाट क्षेत्र नं। २ का उम्मेदवार थिए । रौनियारले साडी संसार कपडा पसलबाटै करोडौं लगानी गर्ने गरेको जनाइएको छ । राजधानी दैनिकबाट