१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

लापरबाहीका कारण चिकित्सकविरुद्ध उजुरी बढ्दै, एक सय उजुरी दर्ता

लापरबाहीका कारण चिकित्सकविरुद्ध उजुरी बढ्दै, एक सय उजुरी दर्ता
अ अ+ अ-

काठमाडौं। स्वास्थ्य उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय चिकित्सकविरुद्ध उजुरी बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार गत असारदेखि हालसम्म एक सय उजुरी परेका छन् । अधिकांश उजुरी चिकित्सकको लापरबाहीसँग सम्बन्धित छन् । मुलुकभर २६ हजार ३ सय ४६ दर्तावाल चिकित्सक छन् । मुख्यतः चिकित्सकको लापरबाही, दुव्र्यवहार, ठगी, अयोग्य चिकित्सकले उपचार गरेकोलगायत उजुरी आउने गरेको मेडिकल काउन्सिलले जनाएको छ ।

यस्तै, व्यक्तिगत रिसिइबी, चिकित्सकले अन्यत्र रिफर गर्न बाध्य पारेकोलगायतका उजुरी पनि दर्ता हुने गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले उजुरीको तथ्यांक एकीकृत गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘इथिकल कमिटीले उजुरीमाथि अध्ययन गर्छ । कति उजुरी परे, कति टुगिंए, कति अनुसन्धानका क्रममा छन् भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’

मेडिकल काउन्सिलमा इथिकल कमिटी छ । व्यक्तिगत, इमेल, नाम परिवर्तन गरेर र कसैले आफ्नै नाममा उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ । अपराधसंहिता २०७४ मा लापरबाही वा हेलचेक्य्राइँ गरी उपचार गर्न नहुने उल्लेख छ । व्यक्तिले कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याइँ गरी उपचार गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने संहितामा भनिएको छ ।

लापरबाहीपूर्वक कसैको ज्यान गएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना र हेलचेक्र्याइँ गरेका कारणबाट मरेको वा अंगभंग भएकामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने उल्लेख छ । यसैबीच, चिकित्सकले कुनै औषधि लेखेबापत थप सुविधा, कमिसन वा बोनस लिने गरेको पाइएको हुँदा यस्तो कार्य नगर्न नेपाल मेडिकल काउन्सिलले सबैमा आग्रह गरेको छ ।

यस्ता कार्य आचारसंहिताविपरीत भएकाले सचेत रहन पनि काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताविपरीत कार्य नगर्न वा नगराउन दर्तावाल चिकित्सकलाई अनुरोध गरिन्छ । स्वास्थ्य क्षेत्रमा गैरव्यावसायिक आचरण वृद्धि हुँदै गएको तथा बिरामी प्रेषण गर्दा आर्थिक लाभ लिने–दिने विषय बाहिरिएका छन् ।’ राजधानी दैनिकबाट