८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज शनिबार, शनिदेवको पुजा किन र कसरी गर्ने ?



अ+ अ-

काठमाडौं । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

त्यस्तै आज (शनिबार) शनिदेवको देष्टि नपरोस् भनेर शनिदेवको पूजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।

मूर्ति रूप मा गर्नु हुदैन शनिको पुजा

शनि देवको पुजा गर्दा एउटा कुराको ध्यान राख्नु जरुरि छ, शनिदेवलाई आफ्नो मूर्ति को समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनि को आराधना सदैव त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहा शनिदेव शिला रूपमा विराजमान हुन। यसको अलावा शनिदेव को आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेव को पूजा शनिबार मात्र गर्नु पर्दछ।

यसरी गरौ पूजा

शनिवार को पूजा गर्दा यो कुराको ध्‍यान राखौ। यस दिन पीपलको रुख को जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेल को दीपक जलाउ। शनि को पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।