११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती

प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिनुभएको छ ।

मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चुनौती दिनुएको हो । नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरुलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गर्नुभयो ।

प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागि हुन सबैमा अपिल समेत गर्नुभयो । सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरुको सम्बोधन सुन्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने काँग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस् । नेपाली काँग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ । खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरुलाई आह्वान पनि गर्न चाहान्छौँ । भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ । सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस् ।’

पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । –न्युज एजेन्सी नेपाल