११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ ।

पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग राखेको हो ।

पार्टीका कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै विनाशर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार नेताहरु गृहमन्त्री अर्याललाई मौलिक हकको प्रयोग गरेकै आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए । जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्ध प्रहरी अदालत गइसकेको उल्लेख गर्दै अदालतबाटै मुद्दाको टुङ्गो लाग्ने बताएको थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युलाई भेट्न हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एउटा प्रतिनिधिमण्डल हामी आएका थियौँ । दुर्गा प्रसाईंजीलाई नजरबन्दमा राख्ने जुन काम भएको छ त्यो नेपालको संविधानसम्मत छैन, मौलिक हकको प्रयोग गर्दाखेरी यसरी जेलमै बस्नुपर्ने कुरा उचित होइन भनेर भन्यौं । यदि यस्तै हुन लाग्यो भने भोलि चुनावलाई समेत असर पर्ने हुँदा उहाँलाई तत्काल रिहाई गर्न गृहमन्त्रीज्युसँग अनुरोध गरेका छौँ । उहाँले निर्वाचन आयोगको आग्रहअनुसार उहाँलाई प्रक्राउ गरिएको भन्दै अदालतबाटै टुंगोमा पुगिने जवाफ दिनुभयो ।’

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई प्रहरीले सोमवार पक्राउ गरेको थियो । यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए । निर्वाचन आयोगका पत्रका आधारमा पक्राउ परेका प्रसाईंमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।