११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

घनश्याम भुसाललको टिप्पणीः रास्वपा काँग्रेस र एमाले भन्दा फरक छैन

घनश्याम भुसाललको टिप्पणीः रास्वपा काँग्रेस र एमाले भन्दा फरक छैन
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, काँग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उहाँले रास्वपा, काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनितिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताउनुभएको हो ।

उहाँले यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिएपनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उहाँको आरोप छ । उनीहरुबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको उहाँले दाबी गर्नुभयो । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उहाँको भनाई छ । उहाँले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिवद्धताका बीचमा पनि खास अन्तर नरहेको उहाँले बताउनु भयो । उनीहरुको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) पु¥याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उहाँले टिप्पणी गर्नुभयो । भुसालले वर्तमान राजनीतिक प्रवृत्ति पपुलिजमतर्फ उन्मुख भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरु पितामहको संज्ञा दिनुभयो । नेकपा (संयुक्त) भने पपुलिष्ट धारभन्दा भिन्न रहेको उहाँको दाबी छ । उहाँले नेकपा (संयुक्त)ले  राजनीतिमा सधैँ प्रतिपक्षको भुमिकामा रहने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनपछि पार्टीको सरकारमा कुनै दाबी नरहेने पनि स्पष्ट पार्नुभयो । निर्वाचनका बेला कानूनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेद्वारी दिन पनि नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नेकपा (संयुक्त) ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ । संसदमा जति नै सहभागिता भएपनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा हाम्रो दाबी छैन । एउटा, हामी राजनिति र कानूनी हिसावले हामी पुनर्गठित हुन असाध्यै कम समय थियो, निर्वाचनको लागि पार्टी दर्ता गर्ने बेलामा मात्रै हामी कानूनी र राजनीतिक दुवै हिसावले व्यवस्थित भएका थियौँ । हाम्रो अगाडी चुनाव आइकेको थियो । यसले गर्दा हामीले पर्याप्त उम्मेद्वारी समेत दिन बन्दोबस्त गर्न सकेनौँ । यो दुनियाका सामु भन्न हामीलाई कुनै अफ्ठ्यारो छैन । हामी जम्मा ३५ जना प्रत्यक्षमा र १०९ जना समानुपातिकमा उम्मेद्वारीका साथ जाँदैछौँ । दोस्रो, हामी अहिलेका रंगमञ्चमा भएका पार्टीहरुसंग हामीले जो जसले जित्छौँ, हामीसंग संसदमा जुन सहभागिता हुनेछ, हामीले सरकारमा सहभागिता जनाउँदैनौँ । किनभने कार्यक्रमिक हिसावले हामी फरक हौँ, यसकारण हामी प्रतिपक्षमा हुन्छौँ । हामी सडक, संसदको प्रतिपक्ष हौँ । हामी आजको राजनीतिको प्रतिपक्ष हौँ । एमाले, नेपाली कम्युनिष्ट, काँग्रेस र रास्वपा सार त एउटै हुन् । हाम्रो दाबी के हो भने यी सबै एउटै हुन् । कसले कसरी सडकको बारेमा कुरा गरेर जनतालाई ढाँट्ने कुरामा प्रतिष्पर्धा बाहेक कार्यक्रमका हिसावले उनीहरुको हिँड्ने बाटो एउटै हो । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँड्दै थियो, हाम्रो प्रजातन्त्र त्यही बाटो हिँड्यो र अहिले गणतन्त्र पनि त्यही बाटो हिँडिरहेको छ । यही बाटोमा केही पत्र थप्ने हुन्, कसले कुन पत्र थप्छ, कसले कस्तो साईनबोर्ड राख्छ, यसमा प्रतिष्पर्धा छ । जनयुद्ध लडेर आएको नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र अहिलेको नयाँ नौजवानहरुको भनिएको रास्वपाको करारपत्र आएको छ, करिव १५० खर्ब रुपैयाँको ५ वर्षमा जिडिपी बनाउने कुरा आएको छ, यसमा ढाँट्ने कुरा पनि उस्तै छ, बाटो पनि उस्तै छ, बाटो एउटै हो, हिँड्ने । त्यसकारण हामी नेपालको राजनितिको प्रतिपक्ष हो । सबै पार्टीहरु पपुलिष्ट भएर पछाडी लागे, पपुलिष्ट भनेको अहिले बालेन मात्रै होईन, हाम्रो पपुलिज्मको पितामह काँग्रेसका केही पितामह छन्, त्यो भन्दा पनि सर्वोतम पितामह त ओलीजी नै हो । त्यसमा शंका छैन । प्रचण्डजी अर्को भइहाल्नुभयो उहाँलाई भन्नै पर्दैन । यो पपुलिज्म र नयाँ पपुलिष्टहरु एकातिर हुन् र नेकपा संयुक्त एकातिर हो । यस अर्थमा हामी आजको राजनितिको पनि प्रतिपक्ष हौँ, भोलीको पनि प्रतिपक्ष हौँ ।’ 

उहाँले निर्वाचनमा राजनीतिक पार्टीहरुले बनाउने घोषणापत्र जनता ढाँट्ने माध्याम मात्रै भएको उल्लेख गर्नुभयो । राजनितिक दलहरुले बनाएको घोषणापत्र हालसम्म कार्यन्वयनमा नआएको उहाँको भनाई छ । उहाँले नेकपा (संयुक्त)ले तयार पारेको घोषणापत्रको बाटोमा सबै राजनितिक दलहरु नआएसम्म देश समृद्ध हुनु नसक्ने ठोकुवा गर्नुभयो ।