५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाद्वारा अस्ट्रेलिया पराजित, अस्ट्रेलियाको संकट गहिरियो



पाथुम निशान्का
अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज श्रीलंकाको पालिकेल्लीमा सम्पन्न लिग चरणको खेलमा आयोजक श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाले जितका लागि दिएको १८२ रनको ठूलो लक्ष श्रीलंकाले १८ ओभरमै दुई विकेट गुमाएर लक्ष पूरा गरेको थियो ।

श्रीलंकाली ओपनिङ ब्याटर पाथुम निशान्काको शतक तथा कुसल मेन्डिसको अर्धशतक मद्दतले अस्ट्रेलिया हार व्यहोर्न बाध्य भयो । निशान्काले अविजित १०० रन बनाएका थिए । उनले १० चौका र ५ छक्का प्रहार गरे । मेन्डिसले पनि १ छक्का र छ चौका मद्दतले ५१ रन बनाए ।

यो जितसँगै श्रीलंका लगातार तीन खेल जितेर ६ अंकका सात सुपर ८ मा प्रवेश गरेको छ । अस्ट्रेलिया भने जिम्बाबे र श्रीलंकासँग पराजित भएपछि दुई अंकमा रहेको छ ।

आज साँझ ७.१५ बजे भएको यस खेलमा टस जितेर श्रीलंकाले अस्ट्रेलियालाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

अस्ट्रेलियाले तिब्र गतिमा रन बनाएको थियो । कप्तान मिचेल मार्सले ५४ तथा ट्राभिस हेडले ५६ रन बनाएर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

उनीहरुले ८.३ ओभरमै १०० रन बनाइसकेका थिए । यस्तो लाग्थ्यो, अस्ट्रेलियाले २० ओभरमा २०० बढी रन जोड्ने छ ।

तर यहबीच श्रीलंकाले बलर र फिल्डिङमा नाटकीय सुधार ल्यायो । दुशन हेमन्थ, दुश्मन्थ चमिरा लगायतले विकेट लिएर अस्ट्रेलियालाई कम स्कोरमा रोक्न सफल भए ।

सुपर ८ मा प्रवेश गरेका टिमहरु

समूह ए – भारत
समूह बी – श्रीलंका
समूह सी – वेस्ट इन्डिज
समूह डी – दक्षिण अफ्रिका

मंगलबारका खेलहरु

पहिलो खेल : क्यानडा vs न्युजील्यान्ड (११.१५ बजे)
दोस्रो खेल : आयरल्यान्ड vs जिम्बाबे (३.१५ बजे)
तेस्रो खेल : नेपाल vs स्कटल्यान्ड (७.१५ बजे)