२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अस्ट्रेलिया, इङल्यान्ड र श्रीलंका भिड्दै



जिम्बाबे र अस्ट्रेलिया बिचको टी २० क्रिकेट खेल । (तस्बिरः फाइल)
अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार पहिलो खेल अफगानिस्तान र युएई बिच हुनेछ ।

समूह डी मा रहेर लगातार दुई खेल हारेको अफगानिस्तानले युएईलाई हराएर सुपर ८ मा पुग्ने झिनो आशाका साथ मैदानमा उत्रनेछ । यो खेल भारतको नयाँदिल्लीमा बिहान ११.१५ बजे सुरु हुनेछ ।

यस समूहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेल जितेर ६ अंकका साथ सुपर ८ मा प्रवेश गरिसकेको छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको पनि ४ अंक छ । यस समूहको क्यानडाले पनि लगातार तीन खेल हारिसकेको छ ।

दोस्रो खेल समूह सी मा रहेका इङल्यान्ड र इटाली बिच हुनेछ । कोलकाताको इडेन गार्डेन्समा हुने यो प्रतियोगिता अपराह्न ३.१५ बजे हुनेछ ।

नेपाल समेत समावेश यस समूहमा इटालीले नेपाल विरुद्धको खेल जितेर २ अंक जोडेको छ तर इङल्यान्डको चार अंक छ । यस समूहमा रहेको वेस्ट इन्डिज लगातार तीन खेल जितेर ६ अंकका साथ सुपर ८ मा प्रवेश गरिसकेको छ ।

इङल्यान्डले आजको खेल जिते सुपर ८ मा प्रवेश गर्नेछ ।

तेस्रो खेल भने श्रीलंकाको पालिकेल्लीमा साँझ ७.१५ बजे आयोजक श्रीलंका र जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलिया बिच हुनेछ ।

निकै रोमाञ्चक हुने अनुमान गरिएको यस खेलमा श्रीलंका विजयी भए सुपर ८ मा प्रवेश गर्नेछ भने अस्ट्रेलिया पराजित भएको खण्डमा सुपर ८ मा प्रवेश पाउन जिम्बाबेको खेल पर्खनु पर्नेछ । अस्ट्रेलियाले अब श्रीलंका र ओमानसँग मात्र खेल्न बाँकी छ ।

यस समूहमा रहेको जिम्बाबेले अस्ट्रेलिया र ओमानलाई पराजित गरेर ४ अंक बटुलेको छ । अब जिम्बाबेले आयरल्यान्ड र श्रीलंकासँग खेल्न बाँकी छ ।

सुपर ८ मा पाइला टेकिसकेका टिमहरु
समूह ए — भारत
समूह सी — वेस्ट इन्डिज
समूह डी — दक्षिण अफ्रिका

आजका खेलहरु
पहिलो खेल : अफगानिस्तान vs युएई (११.१५ बजे)
दोस्रो खेल : इङल्यान्ड vs इटाली (३.१५ बजे)
तेस्रो खेल : अस्ट्रेलिया vs श्रीलंका (७.१५ बजे)