१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड



अ+ अ-

विराटनगर । कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधिअन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई वजेट विनियोजन गरेको छ ।

निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिनुभएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमूना कृषि फार्म स्थापना तथा सञ्चालन रु १५ लाख वितरण गरिने छ । ती रमक २५ वटा समूहले प्राप्त गर्नेछन् ।

यसैगरी स्रोतकेन्द्र (च्याउ र मौरी) विकास कार्यक्रमअन्तर्गत रु १५ लाखका दरले सात वटा समूह, बीउ उत्पादन, प्रशोधन तथा भण्डारण सहयोग कार्यक्रममा रु २५ लाखका दरले दुई वटा समूह र बीउ उत्पादन प्रोत्साहन कार्यक्रम रु सात लाखका दरले तीन वटा समूहलाई बजेट विनियोजन कार्यालयले गरेको छ ।

माटो परीक्षण मिनिल्याब स्थापना सहयोग कार्यक्रम अन्तर्गत रु सात लाखका दरले तीन जना तथा विश्वविद्यालय अध्ययन संस्थान र कलेलको समन्वय कृषि प्रसार कार्यक्रममा रु पाँच लाखका दरले १० जनालाई बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।