१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड



अ+ अ-

विराटनगर । कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधिअन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई वजेट विनियोजन गरेको छ ।

निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिनुभएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमूना कृषि फार्म स्थापना तथा सञ्चालन रु १५ लाख वितरण गरिने छ । ती रमक २५ वटा समूहले प्राप्त गर्नेछन् ।

यसैगरी स्रोतकेन्द्र (च्याउ र मौरी) विकास कार्यक्रमअन्तर्गत रु १५ लाखका दरले सात वटा समूह, बीउ उत्पादन, प्रशोधन तथा भण्डारण सहयोग कार्यक्रममा रु २५ लाखका दरले दुई वटा समूह र बीउ उत्पादन प्रोत्साहन कार्यक्रम रु सात लाखका दरले तीन वटा समूहलाई बजेट विनियोजन कार्यालयले गरेको छ ।

माटो परीक्षण मिनिल्याब स्थापना सहयोग कार्यक्रम अन्तर्गत रु सात लाखका दरले तीन जना तथा विश्वविद्यालय अध्ययन संस्थान र कलेलको समन्वय कृषि प्रसार कार्यक्रममा रु पाँच लाखका दरले १० जनालाई बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।