११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा
अ अ+ अ-

मनाङ।  प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेण्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ ।

निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस (नेका), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ । यी प्रतिस्पर्धी दलले मुख्य एजेण्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तन अघि सारेका छन् ।

मुख्य त मनाङको पर्यटन क्षेत्र आयस्रोत हो भने पूर्वाधार विकास बिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनाङ विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थलमार्गको पहुँच महत्वपूर्ण हुन्छ । अझैसम्म पनि सहज बनाउन सकिएको छैन । त्यसैले यही विषयलाई प्राथमिकता दिएको छु ।”

मुख्य आयस्रोतको रूपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धन र पर्यटक आउने पहुँचमार्ग सहज बनाउनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “देशैभरमा सबैभन्दा पछि सडक पहुँच पुग्ने जिल्लामा मनाङ पर्छ तर, हालसम्म पनि नार्पाभूमि स्थलमार्गको पहुँचमा छैन”, उम्मेदवार गुरुङ भन्नुहुन्छ, “यस क्षेत्रलाई सडक सञ्जालले जोड्न सकिएमा अझ पर्यटक बढ्छ । यसले मनाङको आयस्रोत नै बढ्ने हो ।” यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको छ ।

देशकै आयस्तर वृद्धि गर्नमा महत्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना बनाएको उम्मेदवार गुरुङ बताउनुहुन्छ । यहाँको तालतलैयामध्ये तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने स्थान हो । तर, विश्वको पर्यटकलाई तानेपनि अझै धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको प्रभाव पर्ने भएकाले समाधान गर्ने एजेण्डा अघि बढाएको उहाँको भनाइ छ । “यसको असरको समाधानका लागि स्थानीयलाई सचेत गराउदै संसद्बाट उजगार गर्न आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “यहाँको प्राकृतिक सौन्दर्यतालाई यसको असरबाट जोगाउने लक्ष्यका साथ एजेण्डा निर्धारण गरिएको हो ।”

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यशोदा सुवेदी गुरुङ पर्यटन मनाङको मुख्य आयस्तर हो यसको प्रवद्र्धन गर्ने बताउनुहुन्छ । “प्रकृति, संस्कृति र साहसिक पर्यटनको विश्वस्तरको पहिचान हो”, उहाँ भन्नुहुन्छ, “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको छ ।”

सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको उम्मेदवार गुरुङ बताउनुहुन्छ । “यहाँको तिलिचो ताल, आइसलेकलगायतका तालतलैयाको प्रवद्र्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य छ”, उहाँ भन्नुहुन्छ, “यसले नै मनाङ समृद्ध बन्छ ।”

यस निर्वाचनमा मनाङमा पुराना दलबीच नै प्रतिस्पर्धा हुने भएको छ । मनाङमा नेपाली कांग्रेस र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा कूल मत ६ हजार ७७९ मतदाता रहेकामा चार हजार ८२७ मत खसेको थियो । कांग्रेसका टेकबहादुरले दुई हजार ५७५ मत ल्याउनुभएको थियो । एमालेका पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याउनुभएको थियो । समानुपातिकतर्फ कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत प्राप्त गरेको थियो ।

मनाङमा यसपाली महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । उनीहरुले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा भएको प्रतिस्पर्धाभन्दा यस पटकको निर्वाचन भिन्न देखिएको छ । नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । मुख्य प्रतिस्पर्धीको रूपमा यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी रहेको छ ।  रासस