३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मगंलबारको दिन यसरी भगवान गणेशको पुजा गर्नुहोस, घरमा सुख शान्ति हुनेछ

मगंलबारको दिन यसरी भगवान गणेशको पुजा गर्नुहोस, घरमा सुख शान्ति हुनेछ
अ+ अ-

काठमाडौं । मंगलबारको दिन कस्ता कस्ता कामहरू गर्न हुदैन ? यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१. मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२. मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३. मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४. मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

५. मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

भगवान श्री गणेश को रूपले के बुझाउछ ?
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो(आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।

शिर: भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान : भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

नाक : भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज ९इज्जत० बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

पेट : भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू : भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन : भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।