११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

जनयुद्ध दिवसमा एक सय तीन सहिद परिवारलाई सम्मान

जनयुद्ध दिवसमा एक सय तीन सहिद परिवारलाई सम्मान
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा आज आयोजित ३१औँ जनयुद्ध दिवस तथा सहिद सम्मान एवं अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जनयुद्धका क्रममा सहिद भएका १०३ सहिद परिवारलाई सम्मान गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित सो कार्यक्रममा पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभाका नेकपा संसदीय दलका नेता खगराज भट्टले सहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उहाँले सहिदहरूको वीरता, साहस र बलिदानकै बलमा मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको बताउनुभयो । “सहिदकै बलिदानीका कारण नयाँ संविधान जारी गर्न सम्भव भयो”, उहाँले भन्नुभयो, “सहिदले दिएको बलिदान खेर जान दिइने छैन ।”

नेता भट्टले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन देशको दिशा निर्धारण गर्ने महत्त्वपूर्ण अवसर रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संविधानको रक्षा गर्ने शक्तिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्काले सहिदको बलिदानीकै कारण सबै समुदायका अधिकार संविधानतः सुनिश्चित भएको बताउनुभयो ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माधवप्रसाद पन्तले सहिदको रगत नबगेको भए गणतन्त्र र जनताको संविधान सम्भव नहुने बताउनुभयो । “उपलब्धिलाई संस्थागत गर्न नसके बलिदानको मूल्य रहँदैन”, उहाँले भन्नुभयो ।

पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम ‘सरल’ भाटले सुशासन स्थापना गर्ने दाबी गर्दै राष्ट्रवादी र लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर नेकपा गठन गरिएको बताउनुभयो । रासस