१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौं। प्रेस चौतारी उपत्यका प्रदेश समितिको आयोजनामा “उम्मेदवारसँग प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्ना चुनावी योजना सार्वजनिक गरेका छन्। कार्यक्रममा निर्वाचन परिचालन संयोजक प्रेमलाल श्रेष्ठको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उम्मेदवार प्रकाश श्रेष्ठले काठमाडौं–७ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास जितेर परिणाममुखी काम गर्नु मेरो मुख्य लक्ष्य हो,” उनले भने, “स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध ढंगले विकास अघि बढाइनेछ।”

प्रेस चौतारी उपत्यका प्रदेश समितिका अध्यक्ष राजकुमार सिलवालले सञ्चारकर्मी र उम्मेदवारबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताए। उनले भने “प्रेस र राजनीतिक नेतृत्वबीचको सहकार्यले पारदर्शिता र जवाफदेहिता मजबुत हुन्छ,” ।

कार्यक्रममा पत्रकारहरूले समसामयिक राजनीति, क्षेत्रीय विकासका मुद्दा तथा चुनावी रणनीतिबारे प्रश्न उठाएका थिए। उम्मेदवार श्रेष्ठले पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता दोहोर्‍याएका थिए।