३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आज बुधबार भगवान कृष्णको यसरी गर्नुहोस पुजा

आज बुधबार भगवान कृष्णको यसरी गर्नुहोस पुजा
अ+ अ-

काठमाडौं । हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतारण)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ ।

किम्वदन्तीअनुसार एक पटक सुसुराली गएकी आफ्नी श्रीमतीलाई लिन गएका एक व्यक्तिले बुधरबारको दिन जबरजस्ती श्रीमतीलाई घर ल्याएको र त्यसक्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ । बुधबारको दिन यात्रा गर्न नहुने तर उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको हुँदा बुध भगवानले उनको परीक्षा लिएका हुन्छन् ।

कथाअनुसार घर फर्कने क्रममा श्रीमतीलाई तिर्खा लाग्छ । तिर्खाएकी श्रीमतिका लागि पानी लिन ति मानिस आमखोरा लिएर पानीको खाजीमा जान्छन् । पानी लिएर आउँदा उनले आफु जस्तै अर्को व्यक्ति श्रीमतिसँग सँगै बसिरहेको देख्छ । यो देखेर उ क्रोधित हुँदै आफ्नी श्रीमतीसँग बस्ने तिमी को हौँ भनेर सोध्छ । ऊ जस्तै बहुरुपी व्यक्तिले पनि आफ्नी श्रीमती भएको बताउँछ । ‘म अहिले भर्खरैं ससुरालबाट विदा मागेर आउँदैछु, उनले भन्छन् ।’

दुबै जना एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लिन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोध्छन् – यी दुईजना मध्ये तिम्रो असली पति चाहिँ कुन हो रु त्यसपछि त्यस स्त्रीले जबाब दिन सक्दिन । किनभने दवै व्यक्तिको सम्पूर्ण स्वरूप एकै किसिमको हुन्छ । बिचरी त्यस स्त्रीले कसलाई आफ्नो पति भन्नु, अल्मल्ल परिन् । अनि ईश्वरसित प्रार्थना गर्दै भन्छिन्, ‘हे ईश्वर यो के विचित्रको लीला हो ।’ त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरलाई पुकारर्दै रुन कराउन थाल्छ ।

उसको धेरै बेरसम्मको विलापपछि आकाशवाणी हुन्छ, ‘मूर्ख आज बुधबारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो ।’ त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्छ र आफ्नो भूलप्रति क्षमा माग्छ । त्यसपछि भगवान अन्तरध्यान हुन्छन् ।

ऊ आफ्नी स्त्रीलाई लिएर घर जान्छ । त्यस पछि दाम्पत्य सुख एवं कहिल्यै वियोग नहोस् भन्ने उद्देश्यले प्रत्येक बुधबारका दिन पतिपत्नी दुबै नियमपूर्वक व्रत बस्ने तथा पूजाआजा गर्न थाल्छन् । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधबारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुविधा हुने छैन । उसलाई सबै किसिमले सुख प्राप्ति मिल्ने विश्वास रही आएको छ ।