१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता

सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर मात्रै बन्दै

सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर मात्रै बन्दै
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा खुलेका सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर बनेका छन्। यो वडामा सरकारी, सामुदायिक र निजी गरी दुई दर्जनभन्दा बढी अस्पताल सञ्चालित छन्। यो वडामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायत सरकारी अस्पताल छन्। बिरामीको भीड हुने यी अस्पतालनजिकै सामुदायिक र निजी अस्पतालको पनि बाढी छ।

सामुदायिक अस्पतालका रूपमा महेन्द्रनारायण निधि अस्पताल, बीपी स्मृति अस्पताल र सहारा सामुदायिक अस्पताल छन्। त्यस्तै, निजीतर्फ ग्रिनसिटी अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, बीपी स्मृति हस्पिटल, वेलनेश अस्पताल, इसान बाल तथा महिला अस्पताल, चिरायू हस्पिटल, मेट्रो हस्पिटल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल खुलेका छन्। करिब ५५ हजार जनसंख्या रहेको यो वडामा सबै अस्पतालको शड्ढया २५ सयभन्दा बढी छ। निजी अस्पतालमा विशेषज्ञ चिकित्सक र लगानीकर्ताका रूपमा सरकारी चिकित्सक संलग्न छन्।

वडामा अर्बौं लगानीका १९ वटा ठूला अस्पताल सञ्चालनमा रहेको काठमाडौं महानगर–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए। करोडौं लगानी गरी अस्पताल सञ्चालन भइरहेको जानकारी दिँदै वडाध्यक्ष केसीले भने, ‘सरकारी अस्पताल हुँदाहुँदै निजी क्षेत्रबाट पनि करोडौं लगानी भइरहेको छ। उपचारका लागि अन्यत्र जानु पर्दैन।’

रेफरै रेफर: सरकारी अस्पतालको वरिपरि अर्बौं लगानी गरी निजी र सामुदायिक अस्पताल खोल्नुको उद्देश्य बिरामी रेफर गर्नु हो। सुत्केरी अवस्थादेखि शल्यक्रियाको चरणमा पनि भरसक चिकित्सकले निजी अस्पतालमा रेफर गरेको पाइएको छ। अन्नपूर्ण पोस्ट्ले गरेको अध्ययनमा सरकारी अस्पतालले रेफर गरेका कारण निजी अस्पतालमा भर्ना हुन बाध्य भएको बिरामीले बताएका छन्। सरकारी अस्पतालमा शड्ढया अभाव र स्वास्थ्य जाँच गर्ने उपकरण बिग्रेको समस्या दर्शाउँदै निजी अस्पतालमा रेफर गर्ने क्रम बढेको छ।

निजी अस्पतालमा लगानी पनि गरेका कारण सरकारी चिकित्सकले रेफर गरिरहेको वडा अध्यक्ष केसी बताउँछन्। शिक्षण अस्पतालमा भेन्टिलेटरसहित ११ वटा मात्र सघन उपचार कक्ष (आईसीयू) छ। आईसीयू आवश्यक पर्ने बिरामी औसतमा ५० जना आउने गरेको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गा बताउँछन्। बेड नपाएपछि ती बिरामी निजी अस्पतालमै जाने गरेका छन्। त्यस्तै अवस्था कान्तिमा पनि छ। कान्तिमा शल्यक्रियाका लागि पालो कुर्नुपर्छ। ‘पाँच जना सर्जन छन्, तैपनि महिनौंपछि किन शल्यक्रिया गर्न पर्खनुपर्ने ? यसबारे अध्ययन गरियो।

शल्यक्रिया गर्न ठाउँ अभाव भएपछि पाँच वटा कक्ष थप्ने योजना बनाएका छौं’, कान्ति बाल अस्पतालका निर्देशक डा. रामपदारथ बिच्छाले भने। कान्ति अस्पतालका चिकित्सकहरू एक किलोमिटर टाढा रहेको इसान बाल र अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा कार्यरत छन्। कान्तिमा शड्ढया अभाव देखाएर बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने गरेको बिरामीहरू बताउँछन्। ‘मुलुकको एक मात्र केन्द्रीय अस्पताल भएकाले बिरामी आउँछन्, बिरामीलाई रेफर गर्ने क्रम घटे पनि पूर्णरूपमा रोक्न सकिएको छैन,’ कान्तिका निर्देशक डा. बिच्छा स्विकार्छन्।

चार महिनाअघि सरुवा भएर आएका बिच्छाका अनुसार कान्तिबाट एक महिनामा ८४ वटा बिरामी बालबालिका रेफर गरिएको छ। शिक्षण अस्पतालमा कार्यरत चिकित्सकले पनि वरपरका निजी र सामुदायिक अस्पतालमा रेफर गरिरहेको पाइएको छ। सरकारी अस्पतालमा हाजिर गरेर चिकित्सकहरू आफ्नो लगानी रहेको निजीमा आबद्ध हुने गर्छन्। शिक्षण र कान्ति बाल अस्पतालमा हाजिर गरी फुत्त निस्केर दुई किलोमिटर वरपर रहेका अस्पतालमा पुग्ने प्रशासन विभागका कर्मचारी बताउँछन्।

एक कर्मचारीले भने, ‘चिकित्सकलाई जति सम्झाए पनि नहुने रैछ। सरकारी अस्पतालको नाम भजाउने गर्छन्। निजी अस्पतालमा बढी समय दिन्छन्।’ लगानी गरेका कारण अधिकांश समय निजी अस्पतालमै दिनुपरेको चिकित्सकको भनाइ छ। सरकारी अस्पतालको ब्रान्ड भजाएर निजी अस्पतालमा बढी समय दिने चिकित्सक प्रवृत्तिले बिरामी मारमा परेका छन्। चिकित्सक नभेटिएको र शड्ढया अभाव देखाएपछि बिरामी निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। वडाध्यक्ष केसी भन्छन्, ‘सरकारी चिकित्सकलाई बाहिर प्राक्टिस गर्न नपाउने व्यवस्था हुन जरुरी छ।’

लगानी डुब्ने डर: सरकारी अस्पतालमा समयानुकूल तलबभत्ता नभएकाले चिकित्सकले अन्य व्यवसायीसँगै लाखौं रकम लगानी गरेका छन्। अवकाशपछि पनि काम गर्ने थलो भएका कारण चिकित्सकको मोह निजी अस्पतालमा बढी देखिएको हो। शिक्षण अस्पतालको प्रशासन शाखाका एक कर्मचारीका अनुसार निजी क्षेत्रको अस्पतालमा काम गर्न चिकित्सकले अनुमति लिनुपर्छ। तर, प्रशासनमा जानकारी नदिई निजी अस्पतालमा काम गरिरहेका छन्।

ती कर्मचारी भन्छन्, ‘सरकारी सेवालाई कसरी प्रभावकारी बनाउने भन्दा पनि कसरी कमाउने भन्नेतर्फ चिकित्सकको ध्यान छ। निजी अस्पतालबाट फोन आउनेबित्तिकै यहाँको काम छाडेर जान्छन्।’ कान्ति बाल अस्पतालका निर्देशक डा. बिच्छा सरकारी संस्थाको वरिपरि निजी स्वास्थ्य संस्था खोल्न अनुमति दिन नहुने बताउँछन्। ‘सरकारी अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने खाँचो छ। निजी अस्पतालमा गरिब बिरामीले तिर्नै सक्दैनन्’, डा. बिच्छा भन्छन्। अन्नपुर्णपोष्ट दैनिकबाट