१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली रिमेकमा अब ‘अर्जुन रेड्डी’



अ+ अ-

काठमाडौं । दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक भर्सन बन्ने भएको छ । यो चलचित्र बनाउने गरी नेपाली चलचित्र निर्माण कम्पनी एवं वितरक युवा फिल्म्सले नेपाली भर्सनको निर्माण अनुमति लिएको जनाएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिष श्रेष्ठले दिए । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशवले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९।०२ करोड कमाइ गरेको थियो ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको यो चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौतीपूर्ण काम हो । निर्माण पक्षका अनुसार यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने एक अवसर पनि हो । युवा फिल्म्सले यसअघि कबड्डी, पुरानो डुंगालगायतका चलचित्रको अमेरिकामा वितरण गरिसकेको छ ।

साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ‘सफर’ निर्माण भएको छ । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रका कलाकारलगायत अन्य टिमको बारेमा छिट्टै जानकारी दिने निर्माण पक्षले जनाएको छ ।