९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्यान्ड पठाइदिन्छु भन्दै ३० लाख ठगी



अ+ अ-

काठमाडौं: फिनल्यान्ड पठाइदिने भन्दै तीन जना व्यक्तिबाट ३० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ परेकामा भारतको बिहार, मोतीहारी स्थायी घर हुने एजाजुल आलम रहेका छन् । पीडितको उजूरीका आधारमा उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, जापान पठाइदिन्छु भन्दै एक व्यक्तिबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले धादिङको ज्वालामुखी गाउँपालिकाका राजकुमार लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको छ ।