१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

२७ माघबाट शुरु हुने २५औँ संस्करणमा ३ विदेशीसहित १२ टोलीले प्रतिष्पर्धा गर्ने आयोजक क्लवका अध्यक्ष केशवबहादुर थापाले आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । गोल्डकपमा ‘ए’ डिभिजन, विभागीय र आयोजक गरी आठ स्वदेशी र ३ विदेशी क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

स्वदेशी टिमहरु नेपाल एपिएफ. क्लव, नेपाल पुलिस क्लव, मछिन्द्र फुटबल क्लव, चर्च व्वाईज युनाईटेड, मनाङ मस्र्याङदी क्लव, जाउलाखेल युवा क्लव, प्लानिङ व्वाईज युनाईटेड र फ्रेण्ड्स क्लव र आयोजक सहारा क्लव पोखरा रहेका छन् । विदेशी टिमहरु आभा फुटबल क्लव उज्वेकिस्तान, थण्डरबोल्ट नर्थ युनाईटेड सिक्किम भारत, गोर्खा ईन्टरनेशनल फुटबल क्लव हङकङ रहेका छन् ।

प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५ औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लव, पोखराले जनाएको छ ।
क्लवले पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले १४ लाख ११ हजार, द्वितीय पुरस्कार ७ लाख १ हजार शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै अनुशासित टिम  २५ हजार, सर्वोत्कृष्ट खेलाडी पुरस्कार टेलजि इलेक्ट्रिक स्कुटर, उत्कृष्ट गोलकिपर २५ हजार,     उत्कृष्ट डिफेन्स २५ हजार, उत्कृष्ट मिडफिल्ड २५ हजार, उत्कृष्ट स्टाईकर  २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।