२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

बेलायतका पूर्वराजकुमार एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग

बेलायतका पूर्वराजकुमार एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग
अ अ+ अ-

एजेन्सी । बेलायतका पूर्वराजकुमार एन्ड्र्युले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नुभएको छ । बिबिसीले मङ्गलबार यसबारे जानकारी दिएको हो । यौन अपराधी जेफ्री एपस्टीनसँगको सम्बन्धलाई लिएर उहाँले नयाँ छानविनको सामना गरिरहनुभएको समयमा बसोबास परिवर्तन गर्नुभएको हो ।

अहिले एन्ड्र्यु माउन्टब्याटन–विन्डसर भनेर चिनिनुहुने पूर्व शाही सदस्य अमेरिकी न्याय मन्त्रालय ९डिओजे० ले एपस्टीनसँग सम्बन्धित कागजातहरूको पछिल्लो विमोचन गरेपछि थप दबाबमा पर्नुभएको छ । ती कागजातमा आफ्नो नाम उल्लेख भएपछि उहाँमाथि त्यसबारे स्पष्ट जवाफ दिन दबाब बढेको बताइएको छ ।

बिबिसीका अनुसार ६५ वर्षीय एन्ड्र्यु सोमबार रोयल लजबाट बाहिरिनुभएको हो । बकिङ्घम प्यालेसले भने एएफपीलाई उक्त रिपोर्टको औपचारिक पुष्टि गर्न अस्वीकार गरेको जनाएको छ ।

प्रसारणकर्ताका अनुसार एन्ड्र्यु विगत दुई दशकदेखि आफ्नी पूर्वपत्नी सारा फर्गुसनसँग विन्डसर क्यासल नजिकै रहेको आवासमा बस्दै आउनुभएको थियो । उहाँहरूको दीर्घकालीन बसोबास त्यही क्षेत्रमा रहँदै आएको थियो ।

बिबिसीका अनुसार एन्ड्र्यु हाल नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा रहेको एक अस्थायी घरमा बसिरहनुभएको छ । सन ट्याब्लोइडले भने उहाँ अन्ततः सोही एस्टेटभित्र रहेको मार्श फार्ममा स्थायी रूपमा सर्नुहुने उल्लेख गरेको छ, जहाँ हाल नवीकरणको काम भइरहेको छ ।

अर्थात् राजा चार्ल्स तृतीयका कान्छो भाइ एन्ड्र्युमाथि पछिल्लो समय दबाब थप बढेको छ । न्याय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका एपस्टीन फाइलहरूमा उहाँको नाम नयाँ सन्दर्भसहित देखा परेको छ ।

ती कागजातमा तत्कालीन राजकुमारले भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेक्नुभएको देखिने तस्बिरहरू समावेश रहेका छन् । साथै, एपस्टीनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गर्नुभएको इमेल आदानप्रदानसम्बन्धी विवरण पनि उल्लेख गरिएको छ ।

यी खुलासापछि प्रधानमन्त्री किर स्टार्मरले एन्ड्र्युले एपस्टीनका अपराधबारे के जानकारी राख्नुभएको थियो भन्ने विषयमा अमेरिकी कांग्रेससमक्ष गवाही दिन आग्रह गर्नुभएको छ ।

एपस्टीनकी अर्की पीडित महिलाले आफ्ना वकिलमार्फत अमेरिकी फाइनान्सियरले आफूलाई सन् २०१० मा रोयल लजमा एन्ड्र्युसँग यौन सम्बन्ध राख्न बेलायत पठाएको दाबी गर्नुभएको छ ।

एन्ड्र्युले भने कुनै पनि प्रकारको गलत काम गरेको आरोपलाई पटक–पटक अस्वीकार गर्दै आउनुभएको छ ।

उहाँले सन् २०२२ मा एपस्टीनसँग सम्बन्धित आरोप लगाएकी भर्जिनिया गिफ्रेलाई कुनै अपराध स्वीकार नगरी करोडौँ पाउन्डको सम्झौता रकम दिनुभएको थियो । गिफ्रेले गत वर्ष आत्महत्या गर्नुभएको थियो ।

एन्ड्र्यु सन् २०१९ मा एपस्टीनसँगको कथित सम्बन्धका कारण शाही कर्तव्यबाट पछि हट्नुभएको थियो । एपस्टीन नाबालिगहरू विरुद्धको यौन अपराधसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षामा रहँदै गर्दा जेलमै आत्महत्या गरी मृत फेला परेका थिए ।