१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी-४ का मतदाताको प्राथमिकता कृषि र पूर्वाधार



अ+ अ-

धरान । सुनसरी निर्वाचन क्षेत्र नं ४ भोक्राहा नरसिंह गाउँपालिका–२ का समीर आलम भन्नुहुन्छ, “यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमा निर्भर छन् । तर किसानले समयमा मल, बीउ र सिँचाइ पर्याप्त नहुँदा उत्पादन प्रभावित हुन्छ । गाउँमा सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन मुस्किल छ । आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार सुनिश्चित जसले गर्न सक्छ त्यस्तो उम्मेदवार यहाँ आउनुपर्छ ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका–३ का अर्का युवा मतदाता राजु मण्डल भन्नुहुन्छ, “युवाले आफ्नै देशमा रोजगारी नपाउँदा दैनिक जसो विदेश जान बाध्य हुनु परेको छ । अबका उम्मेदवारले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्नसक्नु पर्छ ।”

किसानका लागि सरकारले घोषणा गरेका सुविधा अधिकांश वास्तविक किसानसम्म पुग्दैन । भोक्राहा–६ का ५८ वर्षीय बिहारीराम चमारले भन्नुभयो, “पटक–पटक भोट दियौँ, तर गाउँमा भने जस्तो विकास हुन सकेन ।” कृषि, सडक र आधारभूत सेवामा सुधार गर्नुपर्ने मुख्य प्राथमिकता छ । अबको उम्मेदवारले किसानका समस्या समाधानमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता कायम छन् ।

चार निर्वाचन क्षेत्र तोकिएको जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।