३ पुष २०८२, बिहीबार
,
Latest
एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तमैथुनले के डिप्रेसन हुनबाट बचाउँछ ?



अ+ अ-

काठमाडौं । हस्तमैथुनका विषयमा पक्ष विपक्षमा विभिन्न बहस चलिरहन्छ । केहीले हस्तमैथुनका फाइदा र केहीले बेफाइदाका विषयमा चर्चा परिचर्चा गरिरहेका छन् । वास्तवमा ८० प्रतिशत महिला र पुरुष दुवैले जीवनको कुनै समयमा हस्तमैथुन गरेकै हुन्छन् ।

बेफाइदाका विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि फाइदाका विषयमा विभिन्न अध्ययनले विभिन्न फाइदा हुने पुष्टि गरेको छ । विभिन्न प्रकारका फाइदा मध्ये डिप्रेसन कम गर्ने काममा हस्तमैथुन अचुक औषधि नै हुने अनुसन्धानकर्ताले बताएका छन् ।

डिप्रेसनका कारण मानिस तनाव र निराशा हुन्छ । तनाव र निराशा मात्र कम गर्ने मात्र होइन, हस्तमैथुनले तपाईंको इम्युनो सिस्टमलाई पनि बलियो बनाएर तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ ।
अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छन् । जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा अनुसन्धानकर्ताले बताएका छन् ।

हस्तमैथुनले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । निद्रा लाग्ने, खुशीको अनुभव गराउने मात्र नभएर हस्तमैथुनले शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक मानिएको विभिन्न अध्ययनको निष्कर्ष छ ।