२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनः २९९ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु



अ+ अ-

काठमाडौं । आठौं महाधिवेशनमा होमिएको नेकपा (माओवादी केन्द्र) ले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि आज दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।

माओवादीमा देशभरबाट १६०८ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आज (बुधबार) मतदाता नामावलीको संकलन गरिसकेपछि भोलि नामावली प्रकाशन, दाबी विरोध र अन्तिम सूची प्रकाशन हुने र त्यसपछि निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने माओवादीको तयारी छ । 

निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीले जनाएको छ ।  अन्तिम सम्म पनि सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।