१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण

स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण
अ अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । वडा कार्यालय, समुदाय र प्रवासमा रहेका स्थानीयवासीको रु २० लाख बढी लगानीमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहलको शनिबार उद्घाटन गरिएको छ । कभर्डहलको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय लोकप्रिय खेलका रूपमा विकास हुन थालेको ब्याडमिन्टन खेलअभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि कभर्डहलले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सरकारी बजेटमा करिब दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयवासीले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० देखि निर्माण सुरु भएको कभर्डहल निर्माणले पूर्णता पाएसँगै ब्याडमिन्टन खेलाडी उत्साहित बनेका छन् । कभर्डहलको पूर्वाधार निर्माण गर्न दुई वर्षमा गरी वडा कार्यालयबाट रु सात लाख विनियोजन भएको थियो भने स्थानीयवासीले देउसीभैलोबाट रु दुई लाख तथा प्रवासमा रहेका स्थानीयवासीबाट उपलब्ध भएको रु ११ लाख ६२ हजार उठेको कभर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले जानकारी दिनुभयो ।

करिब १५० जना दर्शकले खेल अवलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण गरिएको छ । वडाभित्रका हरेक बस्तीमा खेलमैदान तथा खेलपूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत वडा र समुदायको साझेदारीमा कभर्डहल निर्माण भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार डामडाँडाका साथै सिङ्गा र तातोपानीमा गरी तीन स्थानमा ब्याडमिन्टन कभर्डहल निर्माण भएको र पूर्वाधार बनाउन वडामार्फत रु ३३ लाख खर्च भएको र समुदायले समेत त्यसमा थप सहयोग र श्रमदान जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण भएका हुन् ।

कभर्डहल उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्य सन्दीप खत्री, नेपाली कम्युनिष्ट पार्टीका तेजबहादुर बानियाँ, नेपाली कांग्रेसका सुमन बानियाँ, नेकपा एमालेका तुलप्रसाद श्रेष्ठ, बालमखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष भीम गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो । रासस