१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह
अ अ+ अ-

काठमाडौँ। देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो ।

मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के–कति हो ? भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो ।

उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ । वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ ।

उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के–कति हो लगायतका विवरण उपलबध गराइदिन सङ्घीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो । रासस