१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सन्दर्भ तस्बिर
अ अ+ अ-

तेहरान। इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक भवनमा शनिबार विस्फोट भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी टेलिभिजनले शहरको मोआलेम बुलेभार्डमा रहेको आठ तले भवनमा विस्फोट भएको र विस्फोटबाट दुई तलामा व्यापक क्षति पुगेको बताइएको छ । विस्फोटका कारण केही सवारी साधन र पसलहरूमा क्षति भएको जनाइएको छ ।

उद्धारका लागि र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएले होर्मोज्गान प्रान्तका सङ्कट व्यवस्थापन महानिर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

“घटनामा परी घाइते भएका व्यक्तिहरूलाई आकस्मिक उद्धार सेवाका अधिकारीहरूले अस्पताल पुर्याइरहेका छन्,” उहाँले भन्नुभयो ।

सरकारी टेलिभिजनले प्रसारण गरेका तस्वीरहरूमा भवनको अग्रभागमा बढी क्षति भएको देखाइएको छ, यसको भित्री भागहरू बाहिरबाट नै देख्न सक्नेगरी भत्किएका छन् र चारैतिर भग्नावशेष छरिएको छ।

अन्य इरानी मिडियाले पनि यस्तै रिपोर्टहरू प्रकाशित गरेका छन् तर कसैले पनि विस्फोटको कारणको बारेमा विस्तृत विवरण प्रदान गरेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक वक्तव्यपछि उक्त क्षेत्रमा एउटा अमेरिकीे विमानवाहक समूह तैनाथ गरेको समयमा भएको यो विस्फोटले इरानलाई झस्काएको छ।

“आक्रमणबारे विभिन्न अफवाहहरू अनलाइनमा फैलिएपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले प्रान्तमा आफ्नो नौसेना बलको कुनै पनि भवनलाई निशाना बनाइएको अस्वीकार गरेको छ,” फार्स समाचार एजेन्सीले प्रसारण गरेको एक विज्ञप्तिमा भनिएको छ।

दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा अहवाज शहरको कियानसहर क्षेत्रमा शनिबार भएको ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ ।

सरकारी टेलिभिजनका अनुसार उक्त विस्फोटको भग्नावशेष सफा गर्न कर्मचारीले काम सुरु गरेका छन् । (रासस/एएफपी)