२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गर्‍यो युरोपका १९ देशमा संगठन विस्तार



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले युरोपका विभिन्न १९ देशमा संगठन विस्तार गरेको छ । 

महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको माओवादीले जनाएको छ । 

नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । 

माओवादीले जर्मनी, पोर्चुगल, नेदरल्याण्ड, आयरल्याण्ड, डेनमार्क, स्पेन, बेलायत, बेल्जियम, अष्ट्रीया, चेक रिपब्लिक, फ्रान्स, पोल्याण्ड, क्रोयशिया, स्वीजरल्याण्ड, इटाली, नर्वे, माल्टा, साइप्रसमा संगठन विस्तार गरेको छ । 

माओवादीले निकट भविष्यमै रोमानिया, स्लोभेनिया, स्लोभाकिया, हंगेरी, रसिया, फिनल्याण्ड र टर्कीमा समेत संगठन विस्तार गर्ने तयारी गरेको जनाएको छ ।