१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
अ अ+ अ-

विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

मुक्तक दिवसका अवसर पारेर आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईसहित चार जनालाई नगदसहित पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले रु १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित रु १५ हजार राशिको ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा कौशिला रिसाललाई प्रदान गरिएको छ । छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत हुुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गर्नुभएको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार’ इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार सरला चापागाईंसहित संस्थापकहरूले पुरस्कार राशि र सम्मानपत्र समर्पण गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । प्रतिष्ठानले समय–समयमा साहित्य गोष्ठी, कृति प्रकाशन र स्रष्टाहरुलाई सम्मान कार्यक्रम आयोजना गर्दै आएको महासचिव मदन भण्डारीले जानकारी दिनुभयो ।रासस