२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव पोखरेल

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गर्नुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गर्नुभयो । आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेको घटना जेनजी युवाहरुको भावनामा खेलेर उनीहरुको आन्दोलनलाई अपहरण गरिकन देश विरोधी शक्तिहरुले कब्जा गरेको अवस्था हो । आज यो मुलुक राष्ट्रका पक्षमा उभिने की भूराजनीतिक द्धन्द्धको क्रृडास्थल बनाउनको लागि विदेशी शक्तिको ईशारामा नाच्ने भन्नेहरुबीचको द्वन्द्व हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । त्यसअर्थमा हाम्रो पार्टीले भनेको छ आउने निर्वाचन जलाउनेहरुको पक्षमा कि बनाउनेहरुका पक्षमा भनेर जनताका बीचमा जानुपर्दछ । जलाउनेहरुले नभई बनाउनेहरुले नै मुलुकलाई समृद्धको बाटोमा लैजान सक्दछन् । हामी बनाउनेहरुका पक्षमा जनतालाई परिचालन गर्ने कुरामा हाम्रा युवा साथिहरु अग्रसर रहनुपर्छ भन्ने कुरा म तपाईहरुका बिचमा राख्न चाहन्छु । आज हाम्रो मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने प्रयत्न भइरहेको छ । आज नेपाली समाजमा राजनीतिक दलहरुमाथि, राज्य व्यवस्थामाथि जुन प्रकारको प्रहार भएको छ । के एउटा देशभक्त नागरिकले त्यसो गर्न सक्दछ ।’

पोखरेलले अहिले राजनीतिक दलहरुसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गर्नुभयो ।