२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात
फाईल फोटो
अ अ+ अ-

मङ्गलबारे । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । 

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ । 

हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईबस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ सन्दकपुरका मातृका खतिवडाले बताउनुभयो । उहाँका अनुसार वर्षासहितको चिसोले घरबाहिरको काम गर्नसमेत समस्या भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाज प्रभावित भएको हो । झरीका कारण सदरमुकामलगायत जिल्लाका मानिसलाई गन्तव्यसम्म पुग्नसमेत समस्या भएको छ । 

पर्वतका उच्च पहाडी भेगमा हिमपातले जनजीवन प्रभावित 

पर्वत : यहाँका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ । 

हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् । 

कुश्मा नगरपालिका वडा नगरपालिका–१४ आर्थर डाँडाखर्कका सञ्जीव गुरुङले पञ्चासे क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात भइरहेको जानकारी दिनुभयो । पर्वतका उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुँदै आएको छ । (रासस)