२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकी पेन्गुइनहरू बर्ड फ्लुको जोखिममा



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको तटीय क्षेत्रमा बसोवास गर्ने अति संकटग्रस्त अफ्रिकी पेन्गुइनहरूको अस्तित्वमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जाको प्रकोपले खतरा पैदा गरेको छ ।

सदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बड्र्स’का अनुसार सेप्टेम्बर २०२५ देखि २३ वटा अफ्रिकी पेन्गुइनहरूमा यो रोगको संक्रमण देखिएको छ । जसमा कम्तीमा नौ वटा जंगली पेन्गुइनहरूको मृत्यु पुष्टि भएको छ ।

अत्यधिक दबाबमा रहेको जनसंख्याका लागि केही संख्यामा हुने क्षति पनि निकै महत्वपूर्ण हुन्छ । प्रजनन बस्तीमा ठूलो मात्रामा संक्रमण फैलिनु तिब्र गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको जनसंख्याका लागि विनाशकारी हुनेछ । सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र त्यस्ता दृश्यहरू तुरुन्तै संस्था वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

सन् २०२३ मा, अफ्रिकी पेन्गुइनको विश्वव्यापी जनसंख्या पहिलो पटक १० हजार प्रजनन जोडी भन्दा तल झरेको थियो । जसका कारण सन् २०२४ मा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघले यस प्रजातिलाई अति संकटग्रस्त सूचीमा सूचीकृत गरेको थियो । यो सन् २०३५ सम्ममा जंगलबाट लोप हुने सम्भावना छ ।

डिसेम्बर २०२५ मा जारी गरिएको एक विज्ञप्तिमा संस्थाले सन् २०१८ देखि बर्ड फ्लुका कारण १ हजार भन्दा बढी अफ्रिकी पेन्गुइनको मृत्यु भइसकेको उल्लेख गरेको छ ।