१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा, यी हुन् भाग्यमानी आठ टिम



काइ हाभार्ज
अ+ अ-

युरोपेली फुटबल क्लबहरुको उत्कृष्ट प्रतियोगिताका रुपमा रहेको च्याम्पियन्स लिगमा आर्सनलले शतप्रतिशत जित हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको छ ।

गएराति भएको खेलमा कैराट फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै २४ अंक जोड्न सफल भयो । आर्सनलका लागि भिक्टर ग्योकेरेस, काई हाभार्ज र ग्याब्रिएल मार्टिनेलीले गोल गरेका थिए ।

इङलिस प्रिमियर लिगको पनि पहिलो स्थानमा रहेको आर्सनल उत्कृष्ट आठमा पर्न सफल भएसँगै अर्को राउन्डका लागि छनौट भएको छ ।

दोस्रो राउन्डका लागि छनौट भएका अन्य टिमहरुमा जर्मनीको लिग लिडर बायर्न म्युनिख, इङलिस फुटबल क्लबहरु लिभरपुल, टोटेनह्याम, चेल्सी र म्यान्चेस्टर सिटी रहेका छन् । यस्तै स्पेनी महारथी बार्सिलोना र पोर्चुगलको स्पोर्टिङ क्लब पनि अर्को चरणका लागि छनौटमा परेका छन् ।

गएरातिका खेलका नतिजा

आर्सनल–कैराट (३–२)
लिभरपुल–क्युराबाग (६–०)
बायर्न म्युनिख–पिएसभी (२–१)
टोटेनह्याम–फ्रान्कफर्ट (२–०)
चेल्सी–नापोली (३–२)
म्यान्चेस्टर सिटी–गालातासरे (२–०)

रियल म्याड्रिड समेतका इन्टर, पिएसजी, न्युक्यासल, युभेन्टस, एटलेटिको म्याड्रिड, एटलान्टा, लिभरक्युसेन, डर्टमन्ड, ओलम्पियाकोस, क्लब ब्रग, बोडो, गालातासरे, क्युराबाग र बेन्फिकाले प्लेअफ खेल्नु पर्नेछ ।

याे पनि पढाैं – रियलको लज्जास्पद हार, टप आठमा पर्न असफल

टप १६ का लागि यस प्लेअफबाट आठ वटा टिम छनौट हुनेछन् ।

अंक तालिका

१. आर्सनल (२४ अंक)
२. बायर्न म्युनिख (२१)
३. लिभरपुल (१८)
४. टोटेनह्याम (१७)
५. बार्सिलोना (१६)
६. चेल्सी (१६)
७. स्पोर्टिङ (१६)
८. म्यान्चेस्टर सिटी (१६)