२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डसँग भारत ५० रनले पराजित



अ+ अ-

भारत भ्रमणमा रहेको न्यूजील्यान्डले विशाखापटनममा खेलिएको चौथो टी२० क्रिकेटमा भारतलाई ५० रनले पराजित गरेको छ । यद्यपी यो हारपछि पनि पाँच खेलको शृंखलामा भारतले ३-१ को अग्रताका साथ शृंखला जितिसकेको छ ।

अब अन्तिम टी२० खेल तिरुबन्थपुरममा शनिबार हुनेछ ।

भारतको विशाखापटनममा सम्पन्न आजको खेलमा भारतले टस जितेर न्यूजील्यान्डलाई ब्याटिङका लागि निम्तो दिएको थियो ।

न्यूजील्यान्डले टिम साइफर्टको ६२, डेभोन कोन्वेको ४४, ड्यारिल मिचेलको ३९ तथा ग्लेन फिलिप्सको २४ रन मद्दतले सात विकेट गुमाएर २१५ रनको विशाल स्कोर खडा गरेको थियो ।

२१६ रनको चुनौती पछ्याएको भारतले सुदृढ खेल प्रदर्शन गर्नुको साटो एकपछि अर्को विकेट गुमाएको थियो । पहिलो ओभरमै ओपनिङ ब्याटर अभिषेक शर्मालाई शून्य रनमै गुमाएको भारतको स्कोरबोर्डमा ९ रन हुँदा कप्तान सूर्यकुमार यादव आउट भएका थिए । उनले ८ रन बनाए ।

त्यसपछि सन्जु सामसनले २४, रिन्कु सिंहले ३९, शिभम दुबेले रनआउट हुनुअघि ६५ रन बनाएका थिए ।

भारतले १६५ रन बनाउँदा सबै विकेट १८.४ ओभरमा गुमाएको थियो । एजेन्सी